
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेससँग अन्य दलको तुलना हुनै नसक्ने बताउनुभएको छ । काँग्रेस जनजनको मनमा बसेको पुरानो र भरपर्दो पार्टी भएको सिंहले बताउनुभयो ।
काँग्रेस को एक महिने अभियान अन्तर्गत आइतबार विहान बानेश्वरमा आयोजित कार्यक्रममा उनले वर्तमान सत्ता गठबन्धन काँग्रेसको चाहाना नभइ मुलुकको बाध्यात्मक अवस्था को कारण बनेको बताउनुभयो ।
संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन निर्माण गरेर जानू पर्ने बाध्यता काँग्रेसलाई आइपरेको कुरा बिर्सन नहुने बताउनुभयो । स्थानीय निर्वाचनका सम्बन्धमा काँग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुक्त निर्णय लिने सिंहले बताउनुभयो ।
पार्टीले गर्ने निर्णय सबैले पालना गरेर जनतामा जानुपर्ने उहाँको भनाइ छ । काँग्रेसका सबै कमिटी हरुले उम्मेदवार सिफारिस गर्दा विधानको परिधिभित्र रहेर गर्न समेत सिंहको आग्रह छ । टिकटका लागि सबैले प्रयास गर्न पाउने भन्दै पार्टी खडा गरेको उम्मेदवारलाई एकढिक्का भएर जिताउन लाग्नुपर्ने उहाँले बताउनुभयो ।
यस्तै उहाँले विगतमा अवसर पाउँदा कुन दलले कस्तो काम गरे त्यसको मुल्यांकन गर्ने बेला आएको बताउनुभयो । सबैलाई मिलाएर काम गर्न सक्ने दल काँग्रेस नै भएकाले काँग्रेसलाई जिताउन लाग्न आग्रह गर्नुभयो । सार्वजनिक बहसमा सहभागी भएर काँग्रेसले गरेका कामबारे प्रचारप्रसारमा लाग्न पर्ने उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । रातोपाटीबाट