राष्ट्रव्यापी विरोधमा उत्रन पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

एजेन्सी । राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमाथि मतदान हुनु अगाडी राष्ट्रव्यापी विरोधमा उत्रन प्रधानमन्त्री इमरान खानले आग्रह गर्नुभएको छ । संसदमा अविस्वासको प्रस्तावमाथिका प्रश्नहरूको सञ्चारकर्मीसँग उत्तर दिँदै उहाँले प्रधानमन्त्री खानले पाकिस्तानका जनतालाई शनिबार र आइतबार आफ्नो पक्षमा समर्थन जनाउन आफ्नो विवेक प्रयोग गरी सडकमा उत्रन आग्रह गर्नुभएको हो ।

विपक्षले खानविरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उहाँले यसलाई देशमाथि गरिएको ‘धोका’ को सज्ञा दिनुभएको छ । ‘यस्ता कुराहरू भइरहेको अर्को देश भएको भए मानिसहरू सडकमा उत्रिनि थिए। म तपाईंहरू सबैलाई आज र भोलि सडकमा उत्रन र राष्टभक्ति दर्शाउन आह्वान गर्दछु। उहाँले भन्नुभयो, ‘तपाइहरूले यो राष्ट्रको हितको निम्ति आन्दोलित हुनुपर्छ।’

उहाँले पाकिस्तानका युवालाई बाह्य शक्तिहरुले गरेको षडयन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताउनुभएको हो । खानले प्रतिपक्षी दलका नेताहरुले आफूहरुविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिन सडकमा अविस्वासको मतविरूद्ध आन्दोलित हुन आग्रह गर्नुभएको हो ।

खानमाथिको अविस्वासको प्रस्तावमाथि आइतबार संसदमा मतदान हुने कार्यक्रम तय भएको छ। यसैबीच आफूविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिन अगाडि समाचार संस्था एआरवाईसँगको एक अन्तवार्तामा प्रधानमन्त्री खानले आफ्नो ज्यान जोखिममा रहेको सूचना पाएको दावी गर्नुभएको छ ।

‘मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई जानकारी गराउन चाहन्छु, विपक्षीले मेरो चरित्र हत्याको योजना बनाएका छन्। म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्,’ पूर्वक्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भन्नुभयो। प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताउनुभयो । देशको शक्तिशाली सेनाले आफूलाई तीनवटा विकल्पहरू–अविश्वासको मत, मध्यावधि निर्वाचन र प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाव दिएको उहाँको भनाइ छ। nagariknews.nagariknetworkबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार