![](https://myagdinews.com/wp-content/uploads/2022/04/fdd.jpg)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य डा. अब्दुर रहिम मिक्रानी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
शुक्रबार माओवादी केन्द्रको मुख्यालय पेरिडाँडामा भएको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिक्रानीलाई पार्टीमा प्रवेश गराउनुभएको हो ।
यसैगरी जसपाका केन्द्रीय सदस्य बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलिप थापामगर पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । रातोपाटीबाट