![](https://myagdinews.com/wp-content/uploads/2022/04/madan.jpg)
काठमाडौँ । राप्रपाले काठमाडौँ महानगरपालिकाको मेयरमा कलकार मदनदास श्रेष्ठको नाम घोषणा गरेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौँको मेयरमा कलाकार श्रेष्ठले उम्मेदवारी दिने राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।‘काठमाडौँ महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई राप्रपाले उठाउने भएको छ,’ उहाँले भन्नुभयो ।