![](https://myagdinews.com/wp-content/uploads/2022/04/hh.jpg)
भक्तपुर । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन पुनः उम्मेदवार दिन धमाधम राजीनामा दिन थालेका छन् । सोही क्रममा भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ ।
उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदमा निर्वाचित हुनुभएको थियो । श्रेष्ठले शुक्रबार नगरपालिकाकी उपप्रमुख अन्जनादेवी मधिकर्मीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाउनुभएको हो । रातोपाटीबाट