मालिका गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसले पिपला बुढालाई उम्मेद्धार बनाउने

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले महिला नेतृ पिपला बुढालाई उम्मेद्धार बनाउने भएको छ । शुक्रबार दरबाङमा बसेको बैठकले वडा नम्बर ५ की वडा अध्यक्ष समेत रहनुभएकी बुढालाई सर्वसम्मत गाउँपालिकाको उपाध्यक्ष पदका लागि उम्मेद्धार बनाउने निर्णय गरेको कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुनले जानकारी दिनुभयो ।

याे पनि…

मालिका गाउँपालिकाको अध्यक्षमा काँग्रेसले श्रीप्रसाद रोका मगरलाई दोहो¥याउने

गाउँपालिका उपाध्यक्षकी उम्मेद्धार बुढा जुझारु महिला नेतृको रुपमा परिचित हुनुहुन्छ ।कांग्रेसले गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष युवा नेता श्रीप्रसाद रोका मगरलाई उम्मेद्धार बनाउने निर्णय गरिसकेको छ । भने सात वटै वडा अध्यक्षका उम्मेद्धार चयन गरेर कांग्रेस मालिका चुनावी मैदानमा होमिएको छ । वडा नम्बर १ मा वर्तमान वडा अध्यक्ष टंकप्रसाद पुन,वडा नम्बर २मा ताराबहादुर रोका मगर ,वडा नम्बर ३ मा श्यामबहादुर बुढाथोकी मगर ,वडा नम्बर ४ मा भेजेन्द्रमान पुन ,वडा नम्बर ५ मा वर्तमान वडा सदस्य मिम पुन ,वडा नम्बर ६ मा खिमबहादुर पुन र वडा नम्बर ७ मा लोक कुमार पुनलाई वडा अध्यक्ष उम्मेद्धारमा चयन गरिसकेको छ ।

याे पनि‍‍‌‌…

मालिका गाउँपालिकाका ७ वटै वडामा कांग्रेसले वडा अध्यक्षका उम्मेद्धार छान्यो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार