स्थानीय तह निर्वाचन : यी हुन् मालिका गाउँपालिकामा कांग्रेसका उम्मेद्धारहरु

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा कांग्रेसले गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र सात वटै वडा अध्यक्षका उम्मेद्धार टुंगो लगाएको छ । शुक्रबार गाउँपालिकाको उपाध्यक्षमा वडा नम्बर ५ की वडा अध्यक्ष महिला नेतृ पिपला बुढालाई उम्मेद्धार बनाउने निर्णय गरेको कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुनले जानकारी दिनुभयो । उम्मेद्धारको टुंगो लागेसंगै कांग्रेस मालिका चुनावी मैदानमा होमिएको छ ।

याे पनि…

मालिका गाउँपालिकाको अध्यक्षमा काँग्रेसले श्रीप्रसाद रोका मगरलाई दोहो¥याउने

उहाँका अनुसार ,यसअघि गाउँपालिका अध्यक्षमा वर्तमान अध्यक्ष युवा नेता श्रीप्रसाद रोका मगरलाई दोहो¥याउने भएको छ । युवाहरु माझ लोकप्रिय अध्यक्षका उम्मेद्धार रोका मगर कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ । उहाँले यसअघि कांग्रेस म्याग्दीको सम्मन्न जिल्ला अधिवेशनमा लोकप्रिय मत लिएर महाधिवेशन प्रतिनिधिमा जिजयी हुनुभएको थियो । उहाँ नेपाल तरुणदल म्याग्दीका उपाध्यक्ष समेत हुनुहुन्इछ ।

याे पनि…

मालिका गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसले पिपला बुढालाई उम्मेद्धार बनाउने

त्यसैगरी वडा नम्बर १ को वडा अध्यक्षमा वर्तमान अध्यक्ष टंकप्रसाद पुनलाई उम्मेद्धार बनाएको छ । पुन कांग्रेस प्रदेश सभा ‘ख’का सभापति समेत हुनुन्छ । वडा नमबर २ को वडा अध्यक्षमा युवा नेता तारा बहादुर रोका मगरलाई उम्मेद्धार बनाएको छ । रोका मगर कांग्रेस मालिका गाउँपालिका सचीव हुनुहुन्छ । वडा अध्यक्षका उम्मेद्धार युवा नेता रोका मगरसंग क्लब ,सडक ,खानेपानी ,शिक्षा,विद्यालय व्यवस्थापन समिति लगायत विभिन्न संघ संस्थामा काम गरेको अनुभव छ । वडा नम्बर३ को वडा अध्यक्षका उम्मेद्धार युवा नेता श्यामबहादुर बुढाथोकी  शिक्षण पेशा त्यागेर राजनितिमा होमीनुभएको थियो । उहाँसंग स्थानीय क्लब लगायत विभिन्न संघसंस्थामा काम गरेको अनुभव छ ।

याे पनि…

मालिका गाउँपालिकाका ७ वटै वडामा कांग्रेसले वडा अध्यक्षका उम्मेद्धार छान्यो

वडा नम्बर ४ को वडा अध्यक्षका उम्मेद्धार भेजेन्द्रमान पुन इमानदार छविको रुपमा चिनिनुहुन्छ । उहाँ संग सडक,विद्यालय व्यवस्थापन समितिमा रहेर काम गरेको अनुभव छ । वडा नम्बर ५ को वडा अध्यक्षका उम्मेद्धार मिम पुन वडा सदस्य हुनुहुन्छ । वडा अध्यक्षका उम्मेद्धार पुन समाजसेवामा समेत सक्रिय हुनुहुन्छ । वडा सदस्य वडा नम्बर ६ को वडा अध्यक्षका उम्मेद्धार युवा नेता खिमबहादुर पुन कांग्रेस मालिका गाउँपालिका सभापति समेत हुनुहुन्छ । उहाँसंग युवा क्लब,उपभोक्ता समितिमा रहेर काम गरेको अनुभव छ ।वडा नम्बर ७ को वडा अध्यक्षका उम्मेद्धार लक कुमार पुन युवा क्लब लगायत विभिन्न संघ संस्थामा काम गर्नुभएको छ ।

याे पनि…

स्थानीय तह निर्वाचन:मालिकामा चार जना आकांक्षी

आगमी ३० बैशाखमा हुने निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्षमा माओवादीले रेशम जुग्जाली ,नेकपा एमालेले बेगप्रसाद गर्बुजा र मंगोल नेशनल अर्गनाइजेशनले खमबहादुर रोकालाई उम्मेद्धार बनाएको छ । मालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । ९ वटा मतदानस्थलमा १७ वटा केन्द्र तोकिएको मालिकामा १३ हजार २०१ जना मतदाता रहेका छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा मालिकामा १० हजार ६४४ जना मतदाता संख्या रहेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार