![](https://myagdinews.com/wp-content/uploads/2022/04/bvh.jpg)
काठमाडौँ । जनकपुरधाम उपमहानगरको मेयरको टिकटको आश्वासन पाएर ६ दिनअघि नेकपा (एमाले) प्रवेश गरेका जानकीराम साहले पार्टी परित्याग गर्नुभएको छ ।
एमालेले जनकपुरको मेयरमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाएपछि साहले सोमबार पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो। उहाँले सोमबार दिउँसो १ बजे स्वतन्त्र उम्मेदवारी दिने तयारी गर्नुभएको छ । यद्यपी नवगठित तराई मधेस लोकतान्त्रिक पार्टीबाट समेत उनलाई मेयरको टिकटको अफर गरिएको छ।
जनकपुर–७ का वडाध्यक्षसमेत रहेका साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गर्नुभएको थियो । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नै निवासमा एमाले प्रवेश गराउनुभएको थियो । ओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिवद्धता जनाउनुभएको थियो ।ओलीबाट आश्वासन पाउनुभएका साहले केही समयअघि नै उपमहानगरका पाँच ठाउँमा सम्पर्क कार्यालय नै खोल्नुभएको थियो। सेतोपाटीबाट