राजनीतिक योगदानाको आधारमा टिकट पाएँ : सिर्जन सिंह

काठमाडौँ । गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइउनुभएको छ । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले आफू प्रकाशमानको श्रीमती नभएर राजनीतिक योगदानाको आधारमा टिकट पाएको प्रतिक्रिया दिनुभयो । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, ‘म प्रकासमानको श्रीमती नभइ राजनीतिक योगदानको आधारमा टिकट पाएकी हुँ ।’

महिलाहरूको हकहितको लागि विशेष काम गर्ने बताउनुभएकी उहाँले बालबालिकाका लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूका लागि क्षमताको आधारमा कार्यक्रम ल्याउने दाबी गर्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार