![](https://myagdinews.com/wp-content/uploads/2021/12/sher-bdr-deuba-.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारबाहेक विभिन्न पदमा उम्मेदवारी दिएका कांग्रेसका नेतारकार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ ।
आज अपिल जारी गर्दै सभापति देउवाले गठबन्धन भएका वा कांग्रेसका एकल उम्मेदवारी दिएका ठाउँमा स्वतन्त्र उम्मेदवारी दिने पार्टीका नेतारकार्यकर्तालाई शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ।
‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु,’ देउवाले भन्नुभएको छ ‘तर पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु।’
उहाँले स्वतन्त्र उम्मेदवारी दिने पार्टीका कार्यकर्तालाई निर्वाचन आयोगले तोकेको समयभित्रै निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन भन्नुभएको छ । पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु,’ देउवाले भन्नुभएको छ । सेतोपाटीबाट