काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधकुमार नेपालले वडा तहमा पनि गठबन्धनमा सहमतिको प्रयास भइरहेको जानकारी दिनुभएको छ । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा उनले पालिका प्रमुखमा जस्तै वडा तहमा पनि सहमतिको प्रयास भइरहेको जानकारी दिनुभएको हो ।
अध्यक्ष नेपालले कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलका म्मेदवारलाई पनि निर्वाचित गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभयो । बिहीबार गठबन्धनको कार्यदलको बैठक बस्न लागेको जानकारी दिँदै उहाँले सहमतिका साथ गठबन्धन अघि बढ्ने बताउनुभयो । स्थानीय तहमा गठबन्धनबीच सहमति कायम गरेर उम्मेदवारलाई निर्वाचित गराउने विषयमा छलफल गर्न कार्यदलको बैठक बस्न लागेको भन्दै उहाँले केही पालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका जानकारी दिनुभयो । नागरिक खबरबाट