![](https://myagdinews.com/wp-content/uploads/2022/04/fhfh.jpg)
बागमती । बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्रा.डा विश्वराज जोशीलाई निलम्बन गरेको छ । पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उहाँलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकरी दिनुभयो।
प्रतिष्ठानका एक चौथाई सदस्यले उपकूलपति डा जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उहाँलाई निलम्बन गरिएको बताइएको छ। मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को उपदफा (३) बमोजिम छानबिनका लागि उपकूलपति प्रा.डा जोशी स्वतः निलम्बनमा परेको सचिव भुषालको भनाइ छ। प्रा.डा जोशी २०७७ साउन १६ गते चार वर्षका लागि उपकूलपतिमा नियुक्ति भएका थिए। रासस