स्वतन्त्र उम्मेदवारी दिएका तुलसीपुरका पाण्डेले फिर्ता लिए उम्मेदवारी

दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिनुभएको छ । पाण्डेले शुक्रबार उम्मेदवारी फिर्ता लिँदै कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मेयर उम्मेदवार गेहेन्द्र गिरीलाई समर्थन गर्नुभएको हो ।

उहाँले सत्तागठबन्धनका साझा उम्मेदवार गिरीलाई विजयी गराउन अपिलसमेत गर्नुभएको थियो।‘गेहेन्द्र निकै संघर्ष गरेको, राम्रो र इमान्दार नेता हो,’ पाण्डेले भन्नुभयो ‘राजनीतिक निष्ठावान गेहेन्द्रलाई सबैले मत दिएर सहयोग गरौं।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार