अर्थतन्त्र कता लैजाने भन्ने निजी क्षेत्रको हातमा छैन : गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले नेपालमा राजस्वमुखी नीतिका कारण आयात बढेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार राजधानीमा आयोजना गरेको नेपाली अर्थतन्त्रको आगामी दिशा विषयक अन्तक्रिर्यामा बोल्दै गोल्छाले अर्थतन्त्र कस्तो बनाउने भन्ने भूमिका नियामक निकायको भएको बताउनुभयो ।

सोहीकारण यसमा निजी क्षेत्रको भूमिका नरहने उहाँको तर्क छ । निजी क्षेत्रले उत्पादनमुलक क्षेत्रमा लगानी केन्द्रीत गर्न नसक्दा यस्तो अवस्था आएको आरोप सरकारी स्तरबाट लगाउने गरिएको सन्दर्भ निकाल्दै उहाँले अर्थतन्त्र कता लैजाने भन्ने जिम्मा निजी क्षेत्रको हातमा नरहने बताउनुभयो । निजी क्षेत्रको उद्देश्य नाफामुलुक भएको भन्दै उहाँले कर्जा कहाँ गएको छ, सही दिशामा गयो वा गएन भनेर नियामक निकायले हेर्नु पर्ने उहाँले बताउनुभयो ।

‘समयमा जिम्मेवार निकायले नहेर्ने अहिले आएर निजी क्षेत्रलाई दोष दिनु राम्रो होइन,’ उहाँले भन्नुभयो । अर्थतन्त्रमा देखिएका समस्या सुधार गर्न सरकारसँग हातेमालो गरेर अघि बढ्न निजी क्षेत्र तयार रहेको उहाँले बताउनुभयो । उहाँले विदेशी मुद्राको सञ्चिति बढाउन रेमिट्यान्स वृद्धि, विदेशी लगानी आकर्षण र निर्यात वृद्धिको नीति ल्याउन समेत सुझाव दिनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार