काठमाडौँ । नेकपा एमालेबाट काठमाडौं महानगरको मेयरका प्रत्यासी केशव स्थापितले आफू विजयी भए एक वर्षमा काठमाडौंका फोहोर मैला तह लगाउने दावी गर्नुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै स्थापितले ‘चुनावी सभा हो कि विजय उत्सव ?’ भन्दै आफ्नो जित भइसके पनि भन्न मात्रै नसकेको बताउनुभयो । उहाँले काठमाडौंमा आफ्नो प्रतिस्पर्धी नै उत्पादन नभएको पनि बताउनुभयो । तैपनि षडयन्त्र बाँकी रहनसक्ने भन्दै उहाँले एक वर्षमा काठमाडौंंको फोहोर मैला तह लाग्ने दावी गर्नुभयो । ‘एक वर्षमा काठमाडौंको फोहोर मैला तह लाग्छ ।
यो कुराको केही दिनमै महशुस हुन्छ’, उहाँले विहान बेलुकै फोहोर उठाउने दावी गर्दै फोहरमैलामा अव काँग्रेसले राजनीति गर्न नपाउने बताउनुभयो ।‘फोहरमैलामा काँग्रेसले राजनीति गर्न पाउँदैन’, स्थापितको भनाइ छ । उहाँले चुनावी मुद्दामा आफ्नो वाणीले केही कसैलाई दुःख पीडा भए माफ पाउ भन्दै माफी र क्षमा मागे । ‘माफ पाउ केही गल्ती गरेको भए, क्षमा पाउ’, स्थापितको भनाइ छ । रातोपाटीबाट