जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा झडप भएको छ । झडप बढ्दै जाँदा मतगणना स्थलमा भएको विवादले उग्ररुप लिएपछि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको छ ।
झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनुभयो । अहिले मतगणना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । अनलाइनखबरबाट