गायक राजु लामाले गरे सर्वोच्च शिखर आरोहण

काठमाडौँ । गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको छ । उहाँ सोमबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल हुनुभएको हो । इम्याजिन नेपाल एक्सपिडिसनले आफ्नो टिमले बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्म सबै जना सगरमाथाको चुचुरोमा पुगेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको छ ।

इम्याजिन नेपाल एक्सपिडिसनका तर्फबाट २७ जनाले सगरमाथा चुमेका छन् । आरोहण दलको नेतृत्व मिङ्मा जीले गर्नुभएको थियो । उहाँले भन्नुभयो अक्सिजनबिनै चुचुरो चढेको जनाइएको छ । इम्याजिन नेपाल एक्सपिडिसन ग्रुपमा नेपाल, चीन, अष्ट्रेलिया, रुस लगायतका आरोही सहभागि छन् ।जलवायु परिवर्तनको असरबारे सन्देश दिन सर्वोच्च शिखर चढेका लामाले सगरमाथाको ६,५७४ मिटर उचाइमा एक कन्सर्ट समेत गर्नुभएको थियो। लामा चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक हुनुुहुन्छ । उहाँका थुप्रै गीत नेपाली सांगीतिक आकाशमा हिट छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार