सिरहाको औरहीमा मतगणना स्थगित

सिरहा । सिरहाको औरही गाउँपालिकाको मतगणना स्थगित भएको छ । गाउँपालिकाको वडा नम्बर १ को हरकट्टी मतदान केन्द्रको मतपेटिकाको सुरक्षण सील भाँचेको फेला परेकाले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टी राखेपछि मतगणना स्थगित गरिएको हो ।

विवाद पछि सर्वदलीय बैठक बसेको छ । बैठकले सुरक्षण सील तोडिएको मतपेटिका बारे छानबिन गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने दलहरूको बीचमा सहमति भएको निर्वाचन अधिकृत पिताम्बर गौतमले जानकारी दिनुभयो ।

निर्वाचन आयोगको निर्देशन अनुसार पुनः दलहरुबीचमा छलफल गरी आगाडि बढ्ने उहाँले बताउनुभयो ।औरही गाउँपालिकाको ५, ४ र ३ वडाको मतगणना भइसकेको छ । २ नम्बर वडाको मतगणना भइरहेको थियो । तीनवटा वडामध्ये ४ नम्बर वडा माओवादी केन्द्रले जितेको छ भने दुइटा वडा जसपाले जितेको छ । हालसम्म अध्यक्ष र उपाध्यक्षमा जसपाले अग्रता लिएको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार