काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले मोरङ क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताउनुभएको छ । मोरङ–४ अघिल्लो पटक कांग्रेस नेता महेश आचार्य उठ्दै आएको क्षेत्र हो । २०७४ को निर्वाचनमा आचार्य माओवादी केन्द्रका नेता अमनलाल मोदीसँग पराजित हुनुभएको थियो ।
२०६४, २०७० र २०७४ को चुनावमा पार्टीले आफूलाई बाहिर राखिसकेको भन्दै घिमिरेले अब भने टिकट माग्ने आफ्नो अधिकार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अधिकारपूर्वक माग्ने, अधिकारपूर्वक लिने, लड्ने हो, किन्तुपरन्तु, हेरौंला, विचार गरौंला भन्ने चल्दैन ।’मैले २०६४, २०७०, २०७४ मा पाउनुपर्ने, तीनवटा चुनावमा त मलाई बाहिर राखिसक्यो नि पार्टीले,’ उहाँले भन्नुभयो,
‘तीन चुनावसम्म हामीले हेर्यौं, सघायौं, मद्दत गर्यौं, अरुलाई जिताऔं अथवा जिताउनलाई कोसिस गर्यौं । अब हामीले पाउनुपर्यो र अधिकारपूर्वक यो मागेको हो ।’उहाँले सामाजिक सन्जालमा पनि ‘आगामी चुनाव लड्ने घोषणा गरियो, आगे जनताको इच्छा’ लेख्नुभयो । पार्टीले टिकट नदिए के गर्नु हुन्छ रु भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘फेरि नदेला कि, अन्याय होला कि भन्ने म कल्पना गर्दिनँ ।’
उहाँले कांग्रेस नेता आचार्यलाई समानुपातिक कोटामा रहन सुझावसमेत दिए । घिमिरेले भन्नुभयो, ‘उहाँ (महेश आचार्य)ले समानुपातिकतिर जाँदा राम्रो हुन्छ । चारपटक लड्नुभयो, एकपटक राष्ट्रिय सभामा जानुभयो, ६ पटक मन्त्री हुनुभयो । एउटा व्यक्तिले प्राप्त गर्ने अवसर कति हो रु हाम्रो उमेरमा त तीनपटक मन्त्री भएर लगभग दुईचोटी चुनाव लडिसक्नु भाथ्यो ।’गुरुराज घिमिरे पौडेल पक्षका नेता मानिनुहुन्छ । उहाँ प्रदेश १ को कांग्रेस सभापतिमा उद्धव थापासँग २ मत अन्तरले पराजित हुनुभएको थियो। अनलाइनखबरबाट