नेपालमा बस्ने भारतीयले दूतावासमा रजिष्ट्रेशन गर्नुपर्ने

काठमाडौँ । नेपालमा बसोबास गर्ने भारतीयहरूले दूतावासमा रजिष्ट्रेशन गर्नुपर्ने भएको छ। काठमाडौंस्थित भारतीय दूतावासले मंगलबार सूचना जारी गर्दै कुनै पनि किसिमका कन्सुलर सेवा लिन रजिष्ट्रेसन अनिवार्य गरिएको बताएको छ।

रजिष्ट्रेसनका लागि अनलाइनबाट बुक गर्न सकिनेछ। रजिष्ट्रेसनका लागि भारतीय भएको परिचय पत्र खुल्ने कागजात, नेपालमा रोजगारी, पढाइ वा अरू काम गरिरहेको भए त्यसको प्रमाण, नेपालमा बसोबास गरिरहेको ठेगाना खुल्ने कागजात र पासपोर्ट साइजका दुई प्रति फोटो चाहिने दूतावासले जनाएको छ।

नेपाल र भारतबीच खुला सीमाना छ। एक देशका नागरिक अर्को देशमा गएर बस्न पाउने भएकाले कति भारतमा कति नेपाली बस्छन् र नेपालमा कति भारतीय बस्छन् भन्ने एकिन तथ्यांक छैन। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार