विद्यालयलाई कम्प्युटर सहयोग

  म्याग्दी न्युज संवाददाता

बेनी।म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,फलाटे स्थित शारदा आधारभुत विद्यालयलाई कम्प्युटर सहयोग प्राप्त भएको छ । एनएमबी बैंकले विद्यालयलाई दुई थान कम्प्युटर सहयोग गरेको हो । उक्त कम्प्युटर बुधबार एक कार्यक्रमका विच गण्डकी प्रदेशसभा सदस्य सांसद विमला गौचन र बैंकका बेनी शाखा प्रबन्धक दिनेशप्रसाद सुवेदीले संयुक्त रुपमा विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।

यसअघि गौचनले विद्यालयमा कम्प्युटर सहयोग गर्न बैंकलाई आग्रह गर्नुभएको थियो । सांसद गौचनले बैंक तथा वित्तिय सस्ंथाले बैंकिङ्ग गतिबिधिको साथमा समाजको विकासका लागि गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले गाउँपालिकामा सडक र खानेपानी समस्या समाधानका लागि आफुले पहल गरिरहेको बताउनुभयो ।

निर्माणाधिन पोखरेबगर–घार –शिख हुँदै घोडेपानी सम्म जोड्ने सडकलाई विशेष प्राथमिकता दिएको सांसद गौचनको भनाइ छ । सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुनले सहयोगप्रति बैंकलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सामुदायिक विद्यालयमा प्रविधिको प्रयोग गर्न सकेमा शैक्षिक गुणस्तर बृद्धी गर्न सकिने बताउनुभयो ।

नेपाली कांग्रेस म्याग्दीका निवर्तमान सचिव क्याप्टेन मिनबहादुर कार्की,नेपाली कांग्रेस अन्नपुर्ण–६,का वडा इकाई सभापति अर्जुन चोचाङ्गी लगायतले बोल्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक गर्बुजाको अध्यक्षता, सरोज पुनको संचालन र विद्यालयकी प्रअ अनिता पुनले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी ,मुकेश शेरचन लगायतको उपस्थिती रहेको थियाो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार