मुस्ताङमा हिमपहिरोले बाेक्सीखाेला थुनियो , आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह ( भिडिओ)

  म्याग्दी न्युज संवाददाता

मुस्ताङ। मुस्ताङको थसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरो खसेको छ। हिमपहिरो आएर बोक्से खोला थुनिएको मुस्ताङमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो।

‘दिउँसो दुई बजे बोक्से खोला थुनिएको जानकारी आयो। यहाँबाट टोली गएर हेर्दा हिमपहिरो खसेर खोला थुनिएको देखियो,’ उहाँले भन्नुभयो , ‘पूरै हिमपहिरो तल खसेको पनि छैन। नदीचाहिँ थुनिएकै अवस्थामा छ।’

 

बोक्सी म्याग्दीबाट जोमसोम नपुग्दै वरै पर्छ। खोलाको तटीय क्षेत्रमा ९ घरहरू रहेको उनीहरूलाई सुरक्षित स्थानमा जान भनिसकिएको पन्तले जानकारी दिए।

भिडिओ हेर्नुस्…

खोला थुनिएपछि तीनवटै सुरक्षा निकायलाई सतर्क राखिएको पनि प्रजिअ पन्तले बताउनुभयो । अहिले असी प्रतिशत थुनिएको र बीस प्रतिशत मात्र खोलामा पानी बगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार