मुस्ताङी च्याङ्ग्रा बजार झर्न थाले , यस वर्ष मुल्य सस्तो (भिडिओ)

  म्याग्दी न्युज संवाददाता

बेनी। हिन्दु नेपालहरुकाे महान चाड दसैंका लागि हिमाल पारीकाे जिल्ला  मुस्ताङबाट चेलुक र च्याङ्ग्रा बजार झर्न थालेका छन् । यस वर्ष मुस्ताङ्गी चेलुक र च्याङ्ग्राको मुल्य गत वर्षकाे तुलनामा  घट्ने देखिएकाे छ ।गत वर्ष चेलुकरच्याङ्ग्राको मूल्य महँगो भइ बिक्री घटेको र घाटा परेपछि किसानहरुले खोरबाट च्याङ्ग्राको मूल्य प्रति गोटा ५ हजारसम्म घटाएका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङको अभिलेख अनुसार , सोमबार विहान सम्म मुस्ताङबाट ब्यापारीले दसैँ बजार लक्षित गरी ५ हजार २ सयबढी च्याङ्ग्रा र चेलुक म्याग्दीतर्फ ओरालेका छन् । घटस्थापनाको दिनसम्म जोमसोमबाट च्याङ्ग्रारचेलुक बाहिरिने भएकोले अब धेरै संख्यामा छैनन् । गत वर्षभन्दा च्याङ्ग्राको भाउ घटेको मुस्ताङका च्याङ्ग्राको खरिदबिक्री गर्दै आउनुभएका व्यवसायी पेम्वा रोकायले बताउनुभयो ।

भिडिओ हेर्नुहोस्…

गत वर्ष पाेखरामा  चालिस हजार सम्म बिक्री भएकोमा यस वर्ष भने ३५ हजार भन्दा घटी मुल्यमा बिक्री हुने उहाँले जानकारी दिनुभयो । उपभोक्ताले प्रति केजी एक हजारदेखि १२ सय रुपैयाँमा खरिद गर्न सक्ने छन् । गत वर्ष जिउदोँ च्याङग्रा नै प्रतिकेजी १३५० रुपैयाँ पर्थो। अहिले जिउदोँ च्याङग्रा प्रतिकेजी १२ सय रुपैयाँमा पाइन्छ।अहिले तिब्तको च्याङग्रा आउने भएपछि भाउ घटेको हो। एउटा च्याङग्रा २५ केजी देखि ४० केजीसम्म हुन्छ। चेलुक च्याङ्ग्रा म्याग्दी ,बागलुङ,पर्वत ,पोखरा ,काठमाडौं लगायत जिल्लाका बजारमा बिक्री हुनेगर्दछन् ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार