एसीसी यू-१९ कप : बंगलादेशसँग हारेपछि नेपाल सुपर-४ बाट बाहिरियो

  म्याग्दी न्युज संवाददाता

बेनी । महिला एसीसी यू-१९ कपमा नेपाल सुपर-४ बाट बाहरिएको छ । शुक्रबार बंगलादेशसँग ९ विकेटले पराजित भएपछि नेपाल फाइनलमा जानबाट चुकेको हो ।

नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले मात्र १ विकेट गुमाएर ९.५ ओभरमा पूरा गरेको हो । बंगलादेशका लागि फाहोमिदा चोयाले अविजित २६ रन बनाइन् । त्यस्तै मोसाम्मत इभाले १८ रन बनाउँदा सुमैया अख्त सुबोर्णले १० रन बनाइन् । नेपालका लागि कुसुम गोदारले १ विकेट लिइन् ।

मलेसियाको बायुमास ओभलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा आठ विकेट गुमाएर ५४ रनको योगफल बनाएको थियो ।

नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । त्यस्तै कप्तान पुजा महतो नौ तथा एलिशा यादवले आठ रन बनाउनुभयो । यस खेलमा जित हासिल गर्ने टोलीले फाइनलमा स्थान बनाउनेछ ।

नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोद्नुभयो । त्यस्तै कप्तान पुजा महतो नौ तथा एलिशा यादवले आठ रन बनाउनुभयो। यस खेलमा जित हासिल गर्ने टोलीले फाइनलमा स्थान बनाउनेछ ।

नेपाललाई हराएसँगै सुपर फोरबाट ६ अंकसहित बंगलादेश फाइनलमा पुगिसकेको छ । त्यस्तै ७ अंकसहित भारत पनि फाइनलमा पुगिसकेको छ ।

समूह चरणको खेलमा नेपालले पाकिस्तानमाथि ऐतिहासिक जित हात पार्दै सुपर-४ मा स्थान बनाउन सफल भएको थियो । कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार