
काठमाडौं । प्रतिनिधि सभामा नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले राजतन्त्र फर्काउन सम्भव नभएको बताउनुभएको छ।
आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले राजतन्त्र फर्काउन सम्भव नभएको बताउनुभएको हो।
उहाँले बैठकमा व्यंग्य गर्दै पोखरादेखि काठमाडौंसम्म आउने प्लेनको टिकट काटेर काठमाडौं फर्काउन बताउनुभएको हो।उहाँले बैठकमा व्यंग्य गर्दै पोखरादेखि काठमाडौंसम्म आउने प्लेनको टिकट काटेर काठमाडौं फर्काउन बताउनुभएको हो।
‘यो २१ औं शताब्दी हो, के गर्न राजा फर्काउने? केका लागि राजतन्त्र फर्काउने? के पाइन्छ? राजा फर्काउन पोखरामा जुलुस गर्न पर्छ?,’ उहाँले भन्नुभयो, ‘धेरै गर्न पर्दैन, एउटा प्लेन टिकट काट्दिनुस् पूर्वराजा जुलुस नगरिकन काठमाडौं फर्किहाल्छन् नि। केलाई दु:ख गर्ने? फर्किने भनेको काठमाडौं त होला नि। सिंहासनमा त सम्भव छैन। सम्भवै छैन।’
उहाँले प्रतिपक्ष दलहरू कसैले राजतन्त्र फर्काउने, संघर्ष चर्काउने गरेको भन्दै त्यसबाट केही नहुने बताउनुभयो। उहाँले प्रतिपक्षी दलहरूलाई लोकतान्त्रिक गणतन्त्रकै विकल्प खोजेको हो भनेर प्रश्न गर्नुभएको हो। सेतोपाटी