मोना जापान क्युशु क्षेत्रिय समितिको संयोजकमा बानियाँ

  म्याग्दी न्युज संवाददाता

टोकियो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्युशु क्षेत्रिय समितिको संयोजकमा बिजि बानियाँ चयन हुनुएको छ । आइतबार सम्पन्न तेस्रो अधिवेशनबाट बानियाँ संयोजकमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमितिको उपसंयोजकद्वयमा नविन पुन र शिव बिक, महिला उपसंयोजकमा बिना पुन चयन भएका छन् भने सचिवमा पारस आचार्य, सहसचिवमा सन्देश हमाल ठकुरी, कोषाध्यक्षमा युवराज मगर र सहकोषाध्यक्षमा सन्दिप चोखाल चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा सदस्य अञ्जन खत्री, गोपाल बिक, दीप सुनार, जीवन सुनार, सोनिया पुन, धनकुमारी पुन, कुशल विश्वकर्मा र सुनिल विश्वकर्मा चयन भएका छन् । मोनाका केन्द्रीय अध्यक्ष ददिवल खड्काको प्रमुख आतिथ्यता र एनआरएन जापानका उपाध्यक्ष समेत रहेका मोनाका केन्दीय युवा संयोजक सचिन श्रेष्ठ, मोना जापानका अध्यक्ष बिशाल केसी, उपाध्यक्ष टिका छन्त्याल, मोना जापानका क्षेत्रीय सचिव उज्वल बानियाँको विशेष उपस्थितिमा उक्त अधिवेशन सम्पन्न भएको हो । नवगठित कार्यसमितिलाई प्रमुख अतिथिले शपथग्रहण गराएका थिए । अधिवेशन मोना क्युशुका संयोजक दिपक बिकको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार