बेनी । जिल्ला प्रहरी कार्याय म्याग्दीले जेन–जेड आन्दोलनको आडमा म्याग्दी कारागारबाट कैदी भगाउने ६ जनाको नामावली सार्वजनिक गरेको छ । बेनी नगरपालिका–२,खबरा स्थित कारागारबाट यहि भदौ २५ गते विहान साढे सात बजेको समयमा कारागारको मुल ढोका फोडेर भित्र रहेका ८८ जना मध्ये ७६ जना कैदी भगाउने ६ जनालाई प्रक्राउ गरी उनिहरुको ठेगाना सहितको नामावली सार्वजनिक गरिएको हो ।

कैदी भगाउनेमा बेनी नगरपालिका वडा नम्बर २ खबरा बस्ने २९ वर्षिय अर्जुन जिसी , म्याग्दी बेनी नगरपालिका वडा नम्बर २ खबरा बस्ने २६ वर्षिय डिल बहादुर सापकोटा, बेनी नगरपालिका वडा नम्बर १ रत्नचौर बस्ने २६ वर्षिय कृष्ण बहादुर मगर , बेनी नगरपालिका वडा नम्बर १ खबरा बस्ने २७ वर्षिय सुनिल थापा मगर , बेनी नगरपालिका वडा नम्बर १ खबरा बस्ने ३१ वर्षिय सुसन थापा मगर, बेनी नगरपालिका वडा नम्बर १ खबरा बस्ने १९ वर्षिय अभिषेक परियार रहेका जिप्रका म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले जानकारी दिनुभयो । जिल्ला अदालत म्याग्दीबाट सातदिनको म्याद अनुमती लिएर पक्राउ परेका ६ जना माथि थप अनुसन्धान अगाडी बढाइएको छ ।
भिडिओ हेर्नुहोस्…
भदौ २३ र २४ गते जेनजेडको देशभर आन्दोलनको क्रममा विभिन्न कारागारबाट कैदी भागेका थिए । म्याग्दीमा भने आन्दोलन सकिएको भोली पल्ट मात्र कैदी भागेका हुन् । फरार ७६ जना मध्ये १४ जना अझै फरार छन् । कर्तब्य ज्यान, बलात्कार, लागुऔषध दुव्र्यसनी एवं ओसारपसार मुद्धा,सहकारी ठगी, लेनदेन लगायतका मुद्दाका अभियुक्त र अदालतबाट दोषी ठहर भएका र मुद्दा चलिरहेकाहरुका हकमा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दी भागेका थिए ।प्रहरीले कारागारका साथै बेनीबजार र आसपासका क्षेत्रमा सार्वजनिक तथा निजी घरमा जडान गरिएको सिसीटिभी फुटेजबाट खोजी गरिरहेको छ ।


























