म्याग्दीमा थप ६ थान भरुवा बन्दुक बरामद

बेनी, २४ वैशाख । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सञ्चालन गरेको “Bravo Sierra” अपरेशनअन्तर्गत धवलागिरि गाउँपालिका–४ स्थित बगर क्षेत्रबाट ६ थान इजाजतपत्र नभएका भरुवा बन्दुक बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय दरवाङ र प्रहरी चौकी ताकमबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार धवलागिरि गाउँपालिका–७ ताकम र वडा नंम्वर ४ मुदी जोड्ने बगर सामुदायिक वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा ती बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

बरामद गरिएका भरुवा बन्दुक आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दरवाङमा राखिएको प्रहरीले जनाएको छ । “Bravo Sierra” अपरेशनअन्तर्गत हालसम्म जिल्लाबाट कुल १४२ थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार