• मेलम्ची खानेपानी आयोजना अनिश्चित

    काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय गौरवको सो आयोजनामा आयोजनास्थल माथिबाट आएको पहिरोको क्षतिग्रस्त संरचनाको मर्मत अझै सुरुआत हुन सकेको छैन । यही कात्तिक महिनासम्म वर्षा भइरहेकाले मेलम्ची बजारबाट अम्बाथानसम्मको स...

  • विपत व्यवस्थापनका लागि सम्पूर्ण संयन्त्र परिचालन गरेको गृहमन्त्री खाँणको भनाइ

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विपत व्यवस्थापनका लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गरिरहेको पनि बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले सो कुरा बताउनुभएको हो । सो अवसरमा उहाँले नेपालको प्राकृतिक वि...

  • जयनगर–जनकपुर रेल सेवा अविलम्ब सञ्चालनका लागि पहल गर्छु : मन्त्री यादव

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जयनगर–जनकपुर रेल सेवा अविलम्ब सञ्चालनका लागि पहल गर्ने बताउनुभएको छ । यसका लागि आफूले भारतीय राजदूतसँग समेत कुराकानी गर्ने उहाँले बताउनुभयो । शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले अविलम्ब रेल सेवा सञ्चालनका लागि आफूले तत्कालै ...

  • प्रदेश १ मा बाढी पहिरोबाट ७० जनाको मृत्यु : मुख्यमन्त्री आचार्य

    मोरङ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले हालैको वर्षा र बाढी पहिरोबाट प्रदेश १ मा ७० जनाको मृत्यु भएको जानकारी दिनुभएको छ । शुक्रबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री आचार्यले बाढी पहिरोबाट इलाममा १४ जना, पाँचथरमा २८ जना, सुनसरीमा ११ जनाको मृत्यु भएको जानकारी दिनुभयो । यस्तै,...

  • बेमौसमी वर्षाका कारण धानबालीमा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको क्षति

    काठमाडौँ । बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानका कारण देशका विभिन्न जिल्लामा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा नोक्सान पुगेको रिपोर्ट सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको रिपोर्ट अनुसार गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण कुल १ लाख ९८ हजार ५२१ ह...

  • कोरोना नियन्त्रणतर्फ सरकारले सफलता पाइरहेको छ: प्रधानमन्त्री

    धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणतर्फ सरकारले सफलता पाइरहेको बताउनभएको छ । शुक्रबार धनगढीमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले सरकारले खोपमा प्राथमिकता दिएकै कारण कोरोनाको संक्रमण पछिल्लो समय घटेको बताउनुभएको हो। उहाँले कोरोनाको उच्च जोखिमबाट कतिपय देशहरूले नेपाललाई हटाएर भिसा दिन थाल...

  • बाढीपहिरो पीडितका लागि सरकारले राहत प्याकेज ल्याउँछः प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन्। शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा उनले बेमौसमी बाढीबाट मुलुकभर भएको क्षतिको विवरण सङ्कलन गरेर पीडितलाई राहत र पुनःनिर्माणमा जुट...

  • आलमको मुद्दामा फेरि पनि भएन सुनुवाइ

    काठमाडौँ ।पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफताव आलमको मुद्दामाथि शुक्रबार पनि सर्वोच्च अदालतमा सुनुवाइ भएन । सर्वोच्च अदालतमा उक्त मुद्दामाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि महान्यायाधिवक्ताको कार्यालयले माग गरेबमोजिम सुनुवाइ स्थगित भएको छ । विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद...

  • पर्वतमा विश्वकै दोस्रो लामो जीपलाईनको परीक्षण सफल

    पर्वत । पर्वतको कुस्माबजारमा निर्माण भैरहेको विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइनको पहिलो परीक्षण सफल भएको छ। कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइनमा सोमबार पहिलो पटक गरिएको परीक्षण सफल भएको हो। सञ्चालनको अन्तिम तयारीमा रहेको जीपलाईनमा दु...

  • हिमाल चढ्न गएका होमस्टे व्यवसायीको निधन

    इलाम । मकालु हिमाल आरोहण गर्न गएका इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुका होमस्टे व्यवसायीको निधन भएको छ। होमस्टे एसोसिएसन १ नम्बर प्रदेशका उपाध्यक्ष तथा सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित मेची माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका धरणी घिमिरेको मकालु बेसक्याममै निधन भएको हो। हिमाल चढ्न सँगै गएका धरणीका म...