विपत व्यवस्थापनका लागि सम्पूर्ण संयन्त्र परिचालन गरेको गृहमन्त्री खाँणको भनाइ

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विपत व्यवस्थापनका लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गरिरहेको पनि बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले सो कुरा बताउनुभएको हो ।

सो अवसरमा उहाँले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिँड्नुपर्ने चुनौती रहेको समेत बताउनुभयो।नेपालमा यसअघि कहिल्यै सामना नगरिएको पृथक खालको प्राकृतिक विपत्तिहरु भोग्नुपरेको उल्लेख गनुएभयो। उहाँले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनका कारण नेपालसँगै छिमेकी मुलुकहरु पनि प्रभावित हुने भन्दै प्राकृतिक विपत्तिको सवाल नेपालको मात्रै नभएको बताउनुभयो।

‘हाम्रो बाजेबज्यै, हाम्रो आमा बुबाहरुले बेहोरेको भन्दापनि पृथक प्राकृतिक विपतलाई हामीले सामना गर्नुपर्या छ। अब यहाँको लेदो, ढुंगामाटो बगेर गएपछि हाम्रो छिमेकी मित्रराष्ट्रमा पुग्ने भयो। गर्दागर्दै अरु छिमेकी राष्ट्रमा पुग्ने भयो’ उहाँले भन्नुभयो, ‘अब हाम्रो हिमालको उचाइ घट्ने अनि समुद्रको सतह बढ्दा समुन्द्र किनारलाई पनि त्यसले गम्भिर प्रभाव पार्छ। खाली नेपालको मात्र सवाल भएन। त्यसैले अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपालको प्राकृतिक प्रकोप, प्राकृतिक जुन चुनौतीहरु छ, यसको संरक्षणका लागि त्यसलाई कसरी हामीले साथै लिएर हिड्ने ? यो धेरै ठुलो चुनौती हाम्रो काँधमा आएको छ।’ nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार