कोरोना नियन्त्रणतर्फ सरकारले सफलता पाइरहेको छ: प्रधानमन्त्री

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणतर्फ सरकारले सफलता पाइरहेको बताउनभएको छ । शुक्रबार धनगढीमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले सरकारले खोपमा प्राथमिकता दिएकै कारण कोरोनाको संक्रमण पछिल्लो समय घटेको बताउनुभएको हो।

उहाँले कोरोनाको उच्च जोखिमबाट कतिपय देशहरूले नेपाललाई हटाएर भिसा दिन थालेको बताउनुभयो। ुबेलायत लगायतका देशहरूले नेपालले कोरोना कन्ट्रोल गर्‍या हुनाले भिसा दिने भैसके,’ उहाँले भन्नुभयो।देउवाले आगामी वैशाखसम्म सबै नेपालीलाई भ्याक्सिन दिने दाबी गर्नुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार