गोरखा । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ पौवाखेतकी ५५ बर्षकी माइली कामीलाई पक्राउ गरेको छ ।असोज ४ गते राति उनले आफ्नै श्रीमान ५६ बर्षका आइतबहादुर कामीको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले माइलीले नै श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो। ...
अपराध
-
-
वडा अध्यक्ष नभेटेपछि पेट्रोल छर्केर कार्यालयमा आगजनी
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष गंगाराम सुनार एउटा विशेष कार्यक्रमका लागि राजधानी कै एक होटलमा सहभागी थिए । बुधबार बिहानैदेखि कार्यक्रममा सरिक भएका उनलाई १०स्१५ तिर वडा कार्यालयकै लेन्डलाइन नम्बरबाट फोन आयो । उनले फोन रिसिभ गरे । फोन रिसिभ हुनेबित्तिकै उनलाई तपाईं कार्यकक्षमा हुनुह...
-
भान्सा कोठामा कौडा खेलिरहेका १७ जना पक्राउ
झापा । दमक नगरपालिका–१ बाट कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा मंगलबार राति हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा बरामद गरेको ईलाका प्रहरी कार्यालय झापाले जना...
-
डा.भक्तमान श्रेष्ठ अपहरणमा मुद्दाका दोषी पक्राउ
काठमाडौं । बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एकजना पक्राउ परेका छन् । अपहरणमा संलग्न भई पुनरावेदन अदालतबाट ९ वर्षको कैद सजाय सुनाइएका राजेन्द्र पण्डितलाई सीआईबी टोलीले मंगलबार पक्राउ गरेको हो । पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार जरिवान...
-
गाडीको ठक्करबाट चितुवाको मृत्यु
चितवन । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ ।मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करीब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । आफूहरुलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याइ व्यवस्था...
-
हस्तकलाका सामानभित्र चरेस प्याकिङ गर्ने कारखानामा प्रहरी छापा
काठमाडौँ । हस्तकलाका सामानभित्र चरेस प्याकिङ गर्ने कारखानामा प्रहरीले छापा मारेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंबाट चरेस प्याकिङ कारखानामा छापा मारी दुई जनालाई पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठका अनुसार हस्तकलाका सामानभित्र चरेस प्याकिङ गरेर दोहा पठाउन लागेको सामानसहि...
-
रूसको एक विश्वविद्यालयमा गोली चल्दा कम्तीमा ८ जनाको मृत्यु
एजेन्सी । रूसको एक विश्वविद्यालयमा सोमबार दिउँसो गोली चलेको छ। रूसी समाचार संस्था तासका अनुसार पर्म स्टेट युनिभर्सिटीमा एक विद्यार्थीले गोली चलाएका हुन्।गोली लागेर अहिलेसम्म ८ जनाको मृत्यु भएको अनुसन्धानकर्तालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा गोली चलेपछि विद्य...
-
स्थानीयद्धारा बुटवल उपमहानगरपालिका प्रमुख सुवेदीमाथि हातपात
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ। बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन्। गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झन्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्। पहिरो ग...
-
यसरी बनेको थियो सामूहिक हत्याको योजना
काठमाडौं । संखुवासभाको ‘मादीमा भएको सामूहिक हत्याकाण्ड’ योजनाबद्ध रुपमा भएको रहस्य खुलेको छ । कुनै आवेगमा मात्र नभई सामूहिक रुपमा मिलेर परिवारकै हत्या गर्ने योजना बनेको मुख्य योजनाकार पक्राउ परेपछि थाहा भएको छ । संखुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्ड एउटा समुहले योजनाबद्ध र...
-
सङ्खुवासभा हत्याकाण्ड : घटनाका ‘मुख्य योजनाकार’ पक्राउ
काठमाडौँ । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्याका मुख्य योजनाकार सहित चारजनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । भदौ २६ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट अरुको पनि संलग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर सोमबार सार्वजनिक गरेको हो । पक...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 177
- Next Page »






















