• यार्सागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर एकको मृत्यु

    दार्चुला । यार्सागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । नौगाड गाउँपालिका–४ का १९ वर्षीय महेशसिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो । अपी हिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएका महेशको भिरबाट लडेर शनिबार मृत्यु भएको नौगाड–४ का वडाध्यक्ष नन्दनसिंह धामीले जानकारी दिनु...

  • नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध

    हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा जिल्लाबाहिर नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ । आएकै दिन बिक्री गर्न नपाइने र तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि हवाईमार्गबाट मासु आयातमा प्रतिबन्ध लगाइएको हो । कोरोना सङ्क्रमणका कारण हुम्ला जिल्लामा हवाई मार्गबाट आउने मासुलाई प्रति...

  • चितवन राष्ट्रिय निकुञ्जमा देखिन छाड्यो बाह्रसिंगे

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा राखिएको बाह्रसिंगे अहिले देखिन छाडेको छ । गत असोजदेखि खुल्ला खोरमा देखिन छाडेको हो ।निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्नासँगै रहेको बाह्रसिंगे खुल्ला खोरमा नभेटिएको हो । उनले भने “गत असोजदेखि खोरभित्र देखिएको छैन ।” कतै झाडिमा लुकेको, बाघले खाएको वा खोर ...

  • पुनर्गठित संवैधानिक इजलासमा फेरि विवाद

    काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका सम्बन्धमा परेका रिटमाथिको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमाथि फेरि प्रश्न उठेको छ । अधिवक्ता राजाराम घिमिरेले संवैधानिक इजलासमा आज समेटिएकासहित रोष्टरमा रहेका ११ जना न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन पेस गरेका छन् । ...

  • विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

    काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । धादिङ, चितवन, गोरखा, रौतहट र रामेछापमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । धादिङको धुनिवेशी नगरपालिका–९ काफलचौरमा ट्रक अनियन्त्रित भएर सडकबाट खस्दा चालकको मृत्यु भएको छ । ना १ क ३७९६ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १५० ...

  • श्रीमतीलाई भारत लगेर यातना दिने श्रीमान् पक्राउ

    काठमाडौँ । एक सामान्य परिवारमा जन्मेकी महिलाको लागि विवाह गरेर विदेशमा श्रीमानसँग बस्ने रहर कसो नहोला ररु डडेलधुराकी २२ वर्षिया रीता मगर(नाम परिवर्तन)कोे पनि यस्तै चाहना थियो। एक असल परिवारकी उनले विवाह पश्चात भारतको राजधानी जाने भएकी थिइन्। राजधानी दिल्लीमा बसोबास गर्दै आएको र बैतडी मूल घर भएको दिपक चन्दसँग उनको परिवा...

  • सेभ नेपाल ग्लोबल एलायन्सद्धारा नेपाललाई सय थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

    काठमाडौं । सेभ नेपाल फ्रम कोभिड-१९ ग्लोबल एलायन्सले नेपाललाई १०० वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । अभियानले प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई १०० वटा कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । प्रहरीले आवश्यक दुर्गम स्थलहरुमा ढुवानी गर्न समन्वय गरिदिने जिम्मेवारी लिएको छ । क...

  • ढल्ने अवस्थाका विद्युत् पोलका कारण आगलागीको जोखिम

    डोटी । पुरानो क्षेत्रीय सदरमुकामसमेत रहेको जिल्लाको सबैभन्दा पुरानो बजार पिपल्लामा विस्तार गरिएका विद्युत्का पोल मर्मत नगरिएका कारण आगलागीको जोखिममा बढेको छ ।बजारमा विद्युत् विस्तारका लागि गाडिएका पोल पुराना भएका तथा मर्मत र व्यवस्थित नगरिएका कारण जोखिम बढेको हो । वर्षौंपहिले गाडिएका पोल खिया लागेर केही भाँचिएका छन्...

  • भारतमा देखियो सात दिनमै बिरामीको वजन कम गर्नसक्ने कोरोनाको नयाँ भेरिएन्ट

    एजेन्सी । अल्फा, बिटा, गामा र डेल्टापछि भारतमा एक नयाँ कोरोना भेरिएन्ट भेटिएको खुलासा भएको छ । यसले ७ दिनमै बिरामीको वजन कम गर्नसक्छ । भाइरसको यो भेरिएन्ट सबैभन्दा पहिले ब्राजिलमा भेटिएको थियो । तर, त्यहाँबाट एकमात्रै भेटिएन्ट भारत आएको पुष्टि भएको थियो । अब वैज्ञानिकहरुले ब्राजिलबाट एक नभएर दुईवटा भेरिएन्ट भारत आएक...

  • आज बस्ने भनिएको गण्डकी प्रदेशसभाको बैठक स्थगित

    कास्की । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। शनिवार बसेको कार्यव्यवस्था समितिको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने सम्वन्धमा प्रतिपक्ष लगायतका पार्टीसँग सहमति नभएका कारण आइतबारको प्रदेशसभा बैठक स्थगित भएको हो । शनिबारको कार्यपरामर्शको बैठकमा मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिन...