काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक गरिएको छ । नेपाल टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनीरभैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिएको छ । कार्यवाहक सचिव प्रशान्त मल्लले सबै टोली प्रतिस्पर्धाको माध्यमबाट आएक...
समाचार
-
-
जित पक्का भएपछि बालेनले भने – विजयी जुलस नगरौं, आफू रहेकै ठाउँमा धन्यवाद र्याली गरौं
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जितहारको रुपमा नहेर्न अपिल गर्नुभएको छ।आफू निर्वाचित हुने सुनिश्चित भएपछि उहाँले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौं नधाउन अपिल गर्नुभएको हो । ...
-
व्यासमा पुन: मतगणना गर्न दीपकराज जोशीको माग
तनहुँ । व्यास नगरपालिकाको मेयरमा पराजय भएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले पुनस् मतगणनाको लागि माग गर्नुभएको छ । बुधबार दमौलीमा पत्रकार सम्मेलन गर्दै उहाँले निर्वाचन आयोगमा पुनस् मतगणनाको लागि माग गर्ने जानकारी दिनुभयो । उहाँले मतगणना निष्पक्ष रुपमा र आयोगले भने अनुसार नभएको आरोप लगाउँदै पुनस् मतगणनाको माग गर्नुभएक...
-
९ पालिकाको मत परिणाम घोषणा हुन बाँकी
काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०:३० बजेसम्ममा प्रविष्ट भएको विवरणानुसार ७५३ मध्ये ७४४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना कार्य सम्पन्न भए पनि घोषणा भई आय...
-
सुख्खा पहिरोले थुनियो उत्तरी गोरखा जाने बाटो
गोरखा । गोरखाको धार्चे गाउँपालिकास्थित खोर्ला र तातोपानीको बीचमा पर्ने लुस्याङमा सुख्खा पहिरो खस्दा बाटो अवरूद्ध भएको छ। स्थानीय सुशील गुरूङका अनुसार गए राति सुख्खा पहिरो खसेको हो । यो मनास्लु पदमार्गअन्तर्गत पर्ने क्षेत्र हो। 'सुख्खा पहिरो खसेपछि आवतजावत रोकिएको छ,’ उहाँले भन्नुभयो, ‘गाउँपालिकाले पहिरो हटाउन नेपाली...
-
प्रदेश र संघीय निर्वाचनको तयारीमा जुट्नुस् : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सभा र संघीय चुनावको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । मंसिर वा फागुन कहिले चुनाव गर्ने भन्ने केही दिनमा सरकारले निर्णय गर्ने भन्दै उहाँले अब आमचुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको हो। ‘आमचुनावको तयारीमा जुट्नुस्,...
-
उत्तर कोरियाले गर्यो एकैपटक तीनओटा मिसाइल प्रहार
एजेन्सी । उत्तर कोरियाले तीन वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले बुधबार पूर्वी तटको सागरमा तीन वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया भ्रमण सकेर स्वदेश प्रस्थान गरेको केही घन्टापछि उत्तरले तीन ओटा मिसाइल प्रहार गरेको हो । क्वाड शिखर सम्मेलनमा सहभागी...
-
एभरेस्ट प्रिमियर लिगको ‘धम्कीमा’ क्यानको आपत्ति
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एभरेस्ट प्रिमियर लिग (इपिएल) को पछिल्लो भनाइप्रति खेद प्रकट गरेको छ।इपिएलले सोमबार प्रतियोगिता सञ्चालन गर्न दिनु पर्ने माग राख्दै क्यानका कार्यक्रम बहिष्कार गर्ने 'धम्की' दिएको थियो। क्यान निलम्बन र कोरोना महामारीमा इपिएल सञ्चालन गरेर नेपाली क्रिकेटको विकास गरेको भन्दै २०२२ को...
-
बसको ठक्करबाट प्रहरी कर्मचारी र म्यादीको मृत्यु
झापा । झापाको धरमपुरमा यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरू नेपाल प्रहरीका कर्मचारी र म्यादी प्रहरी रहेको खुलेको छ । उनीहरू निर्वाचन सुरक्षामा खटिएर फर्कंदै थिए। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोरङको पथरी शनिश्चरे नगरपालिका ८ का प्रकाश राई र भोजपुरको सडानन्द नगरपालि...
-
पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य
कास्की । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताउनुभएको छ । महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा...





















