झापा । झापाको धरमपुरमा यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरू नेपाल प्रहरीका कर्मचारी र म्यादी प्रहरी रहेको खुलेको छ । उनीहरू निर्वाचन सुरक्षामा खटिएर फर्कंदै थिए।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोरङको पथरी शनिश्चरे नगरपालिका ८ का प्रकाश राई र भोजपुरको सडानन्द नगरपालिका ८ का चिचोहाङ राईको मृत्यु भएको छ। प्रकाश प्रहरी कर्मचारी हुन् भने चिचोहाङ म्यादी प्रहरी हुन्।
बुधबार बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको बसले प्रदेश १-०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। सेतोपाटीबाट