व्यासमा पुन: मतगणना गर्न दीपकराज जोशीको माग

तनहुँ । व्यास नगरपालिकाको मेयरमा पराजय भएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले पुनस् मतगणनाको लागि माग गर्नुभएको छ । बुधबार दमौलीमा पत्रकार सम्मेलन गर्दै उहाँले निर्वाचन आयोगमा पुनस् मतगणनाको लागि माग गर्ने जानकारी दिनुभयो । उहाँले मतगणना निष्पक्ष रुपमा र आयोगले भने अनुसार नभएको आरोप लगाउँदै पुनस् मतगणनाको माग गर्नुभएको हो ।

वडा न १ देखि ८ सम्म जितेको परिमाणमा सुनाइएको र वडा न ९ देखि १४ सम्म विपक्षको योजनामा षड्यन्त्रपूर्वक आफ्नो विपक्षमा परिणाम निकालिएको उहाँको आरोप छ । एमालेको सहयोगमा नगरको मेयरको उम्मेदवार बन्नुएका जोशी कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग २५२ मतान्तरले पराजित हुनुभएको हो । कांग्रेससँग असन्तुष्ट बनेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आफ्नो राजनीतिक विरासत फर्काउन एमालेलाई साथमा लिएर छोरा दीपकलाई मेयरको उम्मेदवार बनाउनुभएको थियो । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार