• एमबिबिएस प्रवेश परीक्षाबाट पाँच नक्कली विद्यार्थी पक्राउ

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबिबिएस प्रवेश परीक्षामा उपस्थित भएका पाँच जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले चार नक्कली परीक्षार्थी र एक जना सक्कली परीक्षार्थीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । चैत १८, २० र २१ गते हुने एकीकृत...

  • एमालेसँग एकता हुँदैन : अध्यक्ष नेपाल

    धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको सम्भावना नरहेको बताउनुभएको छ । आइतबार बिहान धनगढीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुको जिज्ञासामा अध्यक्ष नेपालले उक्त कुरा बताउनुभएको हो । पत्रकारहरुले एमाले, माओवादी र समाजवादीलाई मिलाउन चीनले प्रयास गरिरहेको कुरा...

  • समृद्ध नेपाल, सुखी नेपालीलाई माया नगर्ने कम्युनिष्ट होइनन् : ओली

    काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने बताउनुभएको छ । एमाले निकट बुद्धिजीवी परिषद्को १० औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय हित चिताउने र गर्ने तथा जनताको सेवाका लागि काम गर्ने पार्टी कम्युनिष्ट हुने बताउनुभयो । ...

  • कांग्रेसले भ्युटावर र गेट बनाउँदैनौं भनेर घोषणा पत्रमा लेख्नुपर्छ : कोइराला

    काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको चुनावी घोषणा पत्ररप्रतिज्ञा पत्रमा भ्युटावर बनाउँदैनौं भनेर लेख्नुपर्ने बताउनुभएको छ । कोइरालाले पहाडमा भ्युटावर र तराईमा गेट बनाउने प्रवृत्ति रहेकोले त्यसतर्फ बजेट खर्च गर्न नहुने बताउनुभयो । आज तनहुँको बन्दिपुरस्थित सिमलटारमा खानेपानी आयोजना उद्घाटन गर्दै न...

  • बेनपाको तीन वडाले गर्यो पुलाचौरको कुमाल्डीमा क्षेत्रीय आमसभा

    विन्दु खत्री बेनी ।नेपाली कांग्रेस म्याग्दीले ‘घर घर–जाऔं कांग्रेस जिताऔं”अभियान अन्तर्गत शनिबार पुलाचौरको कुमाल्डीमा क्षेत्रीय आम सभाको आयोजना गरेको छ । स्थानीय चुनावलाई लक्षित गरेर बेनपा–४,५ र ६ वडाले संयुक्त रुपमा आयोजना गरेको आमसभामा सम्बोधन गदैं नेपाली कांग्रेस केन्द्रिय सदस्य चम्पादेवी खड्काले स्थानीय तहको निर्...

  • इमरान खानले विपक्षीलाई सरप्राइज दिने : ऊर्जामन्त्री हमद

    एजेन्सी । पाकिस्तानका ऊर्जामन्त्री हमद अजहरले प्रधानमन्त्रीले आजको खेलमा जित हासिल गर्ने कुरामा आफू पूर्ण रुपमा विश्वस्त भएको बताउनुभएको छ ।मिडियासँगको कुराकानीमा उनले इमरान खानले विपक्षीलाई सरप्राइज दिने बताउनुभएको छ । इमरान खान सरकारविरुद्ध पेश गरिएको अविश्वासको प्रस्तावलाई उहाँले विदेशी षड्यन्त्र बताउँदै यो वर्तम...

  • कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले सार्स–कोभ–२ भाइरसको नयाँ भेरियन्ट फेला पारेको छ । पुराना भेरियन्ट मिलेर बनेको एक्सई रिकम्बिनेन्ट बेलायतमा फेला परेको हो र यो पहिलेका भेरियन्टभन्दा पनि निकै सङ्क्रामक रहेको बताइएको छ । महामारीसम्बन्धी साप्ताहिक अपडेटमा यो नयाँ भेरियन्ट गत जनवरी १९ मा बेलायतमा फेला परेको र ...

  • ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, ८६ प्रतिशतको हात खालि

    काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले गत चैत ८ गतेदेखि ११ गतेसम्म जारी गरेको कूल २८ लाख ७५ हजार कित्ता सेयर बराबरको आईपीओ आइतबार बाँडफाँड भएको हो । गोलाप्रथामार्फत भएको आईपीओ बाँडफाँट​मा २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन द...

  • कमल सिंह ऐरीको अप्रेशन, ६ हप्ता खेल्न नसक्ने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर कमल सिंह ऐरीको देब्रे कुमको हड्डी भाँचिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको मलेसियासँगको खेलका क्रममा उहाँलाई कुममा चोट लागेको छ । उहाँको नेपाल नेशनल हस्पिटल कलंकीमा परीक्षण गर्दा उहाँको कुमको हड्डी भाँचिएको पत्ता लागेपछि आइतबार बिहान शल्यक्रिया गरिएको छ ...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडान प्रभावित

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन् । गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आज बिहानदेखि काठमाडौँको मौसम पुनः धुम्म भ...