• थप ३१२ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ९३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय...

  • चार न्यायाधीशले एमालेलाई पछार्ने दुस्साहस गरे : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयले एमालेलाई समाप्त गर्ने दुस्साहस गरेको आरोप लगाउनुभएको छ । भक्तपुरमा बुधबार भएको कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘सर्वोच्चका चार जना न्यायाधीशले एमालेलाई पछार्ने प्रयास गरे, तर एमालेले आफ्नो खुट्टा टेकिसकेको छ ।’ सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन मुद्...

  • लोसपामा एमसीसीबारे निर्णय गर्ने अधिकार ठाकुरलाई

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । लोसपा संसदीय दलको बुधबार बसेको बैठकमा अनुमोदनका लागि संसदमा टेबल भएको एमसीसीबारे छलफल भएको थियो । नेताहरुले एमसीसीकै पक्षमा मत राखेका छन्, तर निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई द...

  • दुई दिनसम्म बढेको नेप्सेमा १५.५० अङ्क गिरावट

    काठमाडौं । दुई दिनसम्म दोहोरो अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अङ्कको गिरावट भएको छ । आज (बिहीबार) नेप्से सूचक १५.५० अङ्कले घट्दै २७२०.४३ कायम भएको छ । गत बिहीबार मौद्रिक नीति समीक्षा सार्वजनिक भएपछि आइतबार पनि घटेको नेप्से सोमबार र मंगलबार दोहोरो अङ्कले बढेको थियो । आज ६२ लाख ४७ हजार ७७४ कित्ता ...

  • एमालेसँग समीकरण गर्न प्रधानमन्त्री स्वतन्त्र हुनुहुन्छ : खनाल

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ नेपाली कांग्रेस नेकपा एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताउनुभएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा मत नमिल्दा सत्तारुढ गठबन्धनको भविष्यबारे प्रश्न उठिरहेका बेला उहाँले कांग्रेस एमालेसँग समीकरण गर्न स्वतन्त्र र...

  • कांग्रेस र एमाले मिल्दा मात्र देशले निकास पाउँछ : पूर्वराजदूत आचार्य

    काठमाडौं । भारतका लागि नेपालका पूर्वराजदूत निलाम्बर आचार्यले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दामात्र मुलुकले निकास पाउने बताउनुभएको छ । समवेत दृष्टि नामक पुस्तक विमोचन कार्यक्रममा पूर्वराजदूत आचार्यले भन्नुभयो, ‘जबजब कांग्रेस र एमाले प्रतिस्पर्धासहित सँगसँगै आउँछन्, देशले निकास पाउँछ । असमझदारी बढ्दा समस्या झन् बल...

  • उद्घाटनको पर्खाइमा रेल सेवा

    धनुषा । जयनगर–कुर्था रेल मार्गमा नियमित रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेड उद्घाटनको पर्खाइमा छन् । रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने भएपछि नेपाल रेल्वे कम्पनी उद्घाटनको मिति कुरेर बसेका हुन् । भारतीय रेल्वे कम्पनी कों...

  • एमसिसी ल्याउन लागिपरेकाहरू अहिले विरोधी देखिन नाटक गरिरहेका छन् : पोखरेल

    बुटवल । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारमा सहभागी दल र नेताहरूले दोहोरो चरित्र देखाउँदा एमसिसी परियोजना विवादित बन्दै गएको बताउनुभएको छ । सरकारमा रहेकाहरूले एमसिसी परियोजनाको प्रस्ताव संसदमा टेबल गर्ने विषयमा सहमति गर्ने र बाहिर जनताका बीचमा भ्रम सिर्जना गरेर जनतालाई विभाजित गर्ने काम गर...

  • प्रतिक्रान्तिकारीहरुको षडयन्त्र र भ्रम चिरेर विजयी हुन्छौ : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको बताउनुभएको छ । साथै उहाँले उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेको भएपनि ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुने विश्वास व्यक्त गर्नुभएको छ । बुधबार सामाजिक सञ्जालमा पूर्व प...

  • नेपाली अधिकारकर्मीले लेखे पुटिनलाई पत्र

    काठमाडौँ । नेपाली मानवअधिकारकर्मीहरुले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न विशेष आग्रह गरेका छन् । मानव अधिकार तथा शान्ति समाजले बुधबार नेपालस्थित रुसी राजदूतावास अगाडि प्रदर्शन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र समेत पठाएका छन् । प्रदर्शन पश्चात मानव अधिकार तथा शान्ति समाजले रुसका राष्ट्रप...