दाङ । दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकेडेमी र जनता साँस्कृतिक माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिम...
समाज
-
-
हृदयघातका कारण रोल्पा एमाले सचिव रोकाको निधन
रोल्पा । नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातका कारण निधन भएको छ । जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला उहाँको निधन भएको नेकपा एमाले रोल्पाले जनाएको छ । गएराति नुवागाउँ अस्पतालमा रोकाको निधन भएको नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले जानकारी दिनुभयो। रोका रोल्पाको त्रिवेणी गाउँपाल...
-
हावाबाट निकालिएको विद्युत् बन्द हुँदा गाउँ नै अँध्यारोमा
नवलपुर । एक दशक अगाडि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरको धौवादी डाँडामा हावाबाट बिजुली...
-
भारतमा सक्रिय कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो
एजेन्सी । भारतमा कोरोना संक्रमित तिब्र रूपमा बढिरहेको छ। पछिल्लो ८१ दिनपछि पुनः भारतमा सक्रिय संक्रमित संख्या २ लाख नाघेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ नयाँ संक्रमित थपिएका छन्। महाराष्ट्र, पश्चिम बंगाल र नयाँ दिल्लीमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहे...
-
चिसोले कठ्याङ्ग्रिएर एकको मृत्यु
जनकपुर । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिराहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ। बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो। घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु...
-
न्यू धौलागिरि सहकारीको २२ औं साधारण सभा (तस्बिरहरु)
म्याग्दी । सदरमुकाम बेनीसंगै स्थानीय तहमा सेवा केन्द्र विस्तार गरेर सेवा प्रवाह गरीरहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २२ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार बेनी नगरपालिका– ४ सिंगा तातोपानीस्थित श्रेष्ठ होटल हटस्पिरिङ्ग होटलको सभाहलमा गरिएको साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय पोखराका रज...
-
म्याग्दीमा पत्रकार आचार संहिता जागरण कार्यक्रम (तस्बिरहरु)
बेनी । म्याग्दीमा पत्रकार आचार संहिता जागरण कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ म्याग्दीको संयोजनमा बुधबार बेनीमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको विवेकशील प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले साम...
-
त्रिपाल भित्रको रेल सञ्चालनको तयारी
काठमाडौँ । सरकारले त्रिपाल ओढाएर राखिएको रेल करिब १५ महिनापछि सञ्चालनमा ल्याउने तयारी गरेको छ । सरकारले जनकपुर–जयनगर रूटमा चलाउन भारतसँग खरिद् गरेको नेपाली ध्वजावाहक रेल पछिल्लो डेढ वर्षदेखि घुम्टो ओढाएर राखिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चाल...
-
जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता दिन माग
काठमाडौँ । जन्मसिद्ध र एकल आमाका सन्तानहरुलाई नागरिकता दिन माग गरिएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै जन्मसिद्ध र एकल आमाका सन्तानहरुले नागरिकता नपाउँदा समस्या परेको भन्दै इन्द्रजित साफीले नागरिकता दिन सरकारसँग माग गर्नुभएको हो । कार्यक्रममा बोल्दै इन्द्रजित साफीले पुस २५ गतेदेखि आफ्नो अधिकार र पहिचानको ला...
-
ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी
कालिकोट । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन । गत असार मसान्तमा मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याला पाएका छैनन् । मुख्यमन्त्...


























