न्यू धौलागिरि सहकारीको २२ औं साधारण सभा (तस्बिरहरु)

म्याग्दी । सदरमुकाम बेनीसंगै स्थानीय तहमा सेवा केन्द्र विस्तार गरेर सेवा प्रवाह गरीरहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २२ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार बेनी नगरपालिका– ४ सिंगा तातोपानीस्थित श्रेष्ठ होटल हटस्पिरिङ्ग होटलको सभाहलमा गरिएको साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार उदय बहादुर पराजुलीले गर्नुभएको थियो ।

५ हजार १७८ शियर सदस्य रहेको सहकारीमा शेयर पुजी ७ करोड ६९ लाख ६७ हजार रुपैया रहेको छ । गत आर्थिक बर्ष २०७७÷०७८ मा सहकारीले निक्षेप बचतमा ७६ करोड ८४ लाख ८६ हजार ५४२ रुपैया, कर्जा लगानीमा ६३ करोड ९ लाख ९४ हजार ३३३ रुपैया, कोष रकम २ करोड १९ लाख ६८ हजार ७९७ रुपैया, मुनाफा १ करोड ६७ लाख ३० हजार १५८ रुपैया, कुल आम्दानी १० करोड १ लाख २२ हजार १८५ रुपैया र कुल खर्च ८ करोड ३३ लाख ९२ हजार २७ रुपैयाँ भएको सहकारी बरिष्ठ ब्यवस्थापक बसन्त श्रेष्ठले बताउनुभयो ।

सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेश पोखराका रजिष्ट्रार उदय बहादुर पराजुलीले सहकारी संस्थाले सहकारी मूल्य, मान्यता, सिद्धान्त, र प्रचलित सहकारी कानुन बमोजिम अघि बढाउन आग्रह गर्नुभयो । उहाँले सहकारीको लगानी उत्पादन, रोजगारी, उद्यमशिलताको विकास, सदस्यहरुको आयआर्जन बृद्धि, सामाजिक र सास्कृतिक उन्नतीसंगै देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याउन सहकारी संचालकलाई आग्रह गर्नुभयो । उहाँले बचत र ऋण लगानीको कारोवारले सहकारीको भविष्य नभएको बताउदै उत्पादनमुलक कृषि पर्यटन लगायतको क्षेत्रमा लगानी बढाउन सहकारी संचालक र शेयर सदस्यहरुले सहकार्य गर्न सुझाव दिनुभयो । त्यस्तै मंगला गाउँपालिकाकी उपाध्यक्ष सिर्जना केसीले सहकारी र स्थानीय तह मिलेर उत्पादन मुलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

सहकारी अध्यक्ष लिलाराम गौतमले सहकारीको सेवालाई जनतामैत्री बनाउन जिल्लाका बाबियाचौर, तातोपानी, पोखरेबगर र पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा सेवा केन्द्र विस्तार गरेको बताउदै आगामी दिनमा बागलुङ, पर्वत, र कास्कीसंगै गण्डकी प्रदेशभरी सेवा केन्द्र विस्तार गर्ने आगामी योजना सुनाउनुभयो । आगामी आर्थिक बर्षमा संस्थाको बचत १ अरव पु¥याउने योजनासंगै मोवाईल बैकिङ्क र एटिम सेवा विस्तार गर्ने योजना रहेको बताउनुभयो ।

साधारणसभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने सेवा केन्द्र तातोपानी शाखाका संयोजक तुलबहादुर श्रेष्ठ र प्रवन्धक नरबहादुर थापालाई सहकारी अध्यक्ष र रजिष्टार पराजुलीले सम्मान गर्नुभएको थियो । सहकारीमा उतकृष्ट कारोबार गर्नै पाचँ जनालाई सम्मान समेत गरेको थियो । त्यस्तै म्याग्दी क्याम्पसमा अध्ययनरत जेहन्दार विद्यार्थी सोमप्रसाद सापकोटालाई नगद १५ हजार ५ सय रुपैया छात्रवृति सहकारीले हस्तान्तरण गरेको थियो । रजिष्ट्रार कार्यालयका शाखा अधिकृत चोलाकान्त वाग्ले, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ, बेनी नगरपालिका वडानम्वर ४ का वडाअध्यक्ष गोविन्द्र पौडेल, शेयर सदस्य टिकाराम आचार्य, हिरा शर्माले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष बानियाँको अध्यक्षता, उपाध्यक्ष अमृतलाल श्रेष्ठको स्वागत मन्तव्य, सचिव रामजीप्रसाद सुवेदीको संचालनसंगै प्रगति प्रतिवेदन र कोषाध्यक्ष केसीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीको २२ औं साधारणसभासंगै ७ औ अधिवेशनबाट नयाँ संचालन समिति चयन गर्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार