काठमाडौँ । कोभिड–१९ महामारीको जोखिमलाई दृष्टिगत गर्दै सरकारले आन्तरिक हवाई उडानका यात्रुलाई अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ।कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको हो। ...
समाज
-
-
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
काठमाडौँ । कोरोना भाइरस संक्रमण बढेपछि सरकारले १५ दिन विद्यालय बिदा गर्ने भएको छ। सिसीएमसीको आइतबार बसेको बैठकले १५ दिन विद्यालय बिदा दिन सिफारिस गरेको थियो । बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पन...
-
अपहरित ३० शिक्षक र विद्यार्थीको छ महिनापछि उद्धार
काठमाडौँ । उत्तरी नाइजेरियाको एक विद्यालयबाट छ महिनाअघि अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको छ महिनापछि उद्धार गरिएको छ । उनीहरुलाई छ महिनाअघि उत्तरी नाइजेरियाको केबेइ प्रान्तबाट अपहरण गरिएको थियो । त्यहाँ अवस्थित एक विद्यालयमा आक्रमण गरेर आतंककारीहरुले उनीहरुलाई अपहरण गरी लगेको थिए । ती शिक्षक र विद्यार्थी...
-
अब कुनै हालतमा मुलुकले लकडाउनको बाटो रोज्नु हुँदैन : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अब मुलुकले कुनैपनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताउनुभएको छ । सोमबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को दोस्रो वार्षिक साधारणसभामा बोल्दै यस्तो बताउनुभएको हो । सो अवसरमा मन्त्री शर्माले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना म...
-
कोभिड खोपले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : अध्ययन
एजेन्सी । बालबालिकामा कोभिडविरुद्ध लगाइने खोपले बच्चाको रोग र मृत्युदर घटाउनुको साथै वयस्कलाई पनि फाइदा गर्ने अस्ट्रेलिया र क्यानडाको एउटा अध्ययनले जनाएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई खोप दिने तयारी गरिरहेका बेला ग्रिफिफ्थ युनिभर्सिटीले पछिल्लो अध्ययन गरेको हो । बालबालिकामा खोपको असर, उनीहरुको अस...
-
र्यापर लाउरेलाई थप १७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरेलाई थप १७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । अदालतबाट दोस्रोपटक थप १७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताउनुभयो । पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो । पहिलोपटक जिल्ला ...
-
ओमिक्रोन भेरियन्ट र रुघाखोकीको लक्षण मिल्दोजुल्दो : अध्ययन
काठमाडौं । हाल विश्वव्यापी बनिरहेको कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टका लक्षण यसअघिका भेरियन्टभन्दा केही फरक देखिएका छन् । यस अघिका कोभिड भेरियन्टभन्दा ओमिक्रोन संक्रामक रहेको तर संक्रमित मानिस गम्भीर बिरामी हुने सम्भावना कम रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । यसैबीच, ओमिक्रोन र रुघाखोकीका लक्षण मिल्ने एक अध्ययनले...
-
ढाका म्याराथनमा नेपालकी पुष्पाले जितिन् कास्य पदक
काठमाडौं । बंगलादेशमा भएको बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् । दक्षिण एसियाली क्याटेगोरीतर्फ पुष्पा तेस्रो भएकी हुन् । यसअघि गत वर्ष पुष्पाले यही क्याटेगोरीमा स्वर्ण जितेकी थिइन् । तर यस पटक भारतीय खेलाडीहरुसँग पछि पर्दै पुष्पा तेस्रो भइन् । पुष्पाले निर्धारित दूरी ...
-
माघ ७ देखि खोप कार्ड भएकालाई मात्रै सार्वजनिक सेवा दिन सिफारिस
काठमाडौँ । सार्वजनिक सेवाका लागि कोरोना भाइरस विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्नका लागि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सिफारिस गरेको छ । सीसीएमसीसीले आइतबार सार्वजनिक गरेको १३ बुँदे सिफारिस पत्रमा लेखिएको छ, 'माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्य अनिवार्य गर्ने ।' हालसम्म ...
-
आजदेखि राष्ट्रियसभा निर्वाचन आचार संहिता लागु
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार (आज)देखि आचार संहिता लागु भएको छ। निर्वाचन आयोगले स्वच्छता, निष्पक्षता, पारदर्शिता, भयमुक्त वातावरण राख्न निर्वाचन आचार संहिता पुस २६ देखि लागु हुने बताएको छ। निर्वाचन आयोगले व्यक्ति, निकाय तथा अधिकारीलाई तोकेरै आचार संहिता लागु भएको बताएको छ। आचार संहिताको पालना गर्नु...





















