काठमाडौं । भोजपुरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। ४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको आरोपमा भोजपुर सापासिलिछो गाउँपालिका वडा नम्बर ५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। फराछेतरले श्रीमतीमाथि धारिलो हतियार खुकुरी प्रहार गरी हत्या ...
स्वास्थ्य
-
-
मुगु बस दुर्घटना : मृतक ३२ मध्ये २४ जनाको सनाखत
काठमाडौं । मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएका ३२ जनामध्ये २४ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । यो घटनाबाट मुगु शोकमा डुबेको छ । ...
-
खुर्पा प्रहार गरी बाबुद्वारा छोराको हत्या
सल्यान । सल्यानमा बाबुले छोराको हत्या गरेका छन् । मासुको विषयलाई लिएर विवाद भएपछि जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँरिलो हतियार (खुर्पा) प्रयोग गरी वर्ष ३३ का छोरा रुपलाल कवरको हत्या गरेका हुन् । मंगलबार दिउँसो बाबुछोराबीच मासुको विषयमा सामान्य विवाद भएको र राति करिब १० ब...
-
मुगु, कास्की र अछाममा भएका दुर्घटनाका मृतकका परिवारलाई राहत दिन प्रचण्डको आग्रह
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती र घाइतेहरुको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गर्नुभएको छ । बुधबार विहान शोक वक्तव्य जारी गर्दै मुगु, कास्की, अछाम लगायतका ठाउँमा सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती ...
-
सुनसरीमा सवारी दुर्घटनामा हुँदा एकको मृत्यु, ६ जना घाइते
सुनसरी । गएराति करिब ९ः३० बजे ट्रकले सिटी सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा सोही ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सुनसरीको इटहरी उपमहानगर ५ को मुख्य राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख २९२४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–२२३ ह १४३६ नम्बरको...
-
थप ७९२ जनामा कोरोना संक्रमण, १४ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय १९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा ९ सय १० जना न...
-
चीनमा बाढी : कम्तिमा १५ को मृत्यु
एजेन्सी । चीनमा बाढीका कारण कम्तिमा १५ जना व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी तीनजना व्यक्ति बेपत्ता भएका छन् । उत्तरतर्फको सान्छी प्रान्तमा यस बाढीले कम्तिमा १७ लाख ५० हजार मानिसलाई प्रभावित गरेको र त्यसमध्ये झन्डै १ लाख २० हजार जनता विस्थापित बनेको चीनको सरकार सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । बाढीका कारण १९...
-
मुगुमा बस दुर्घटना हुदाँ २३ जनाको मृत्यु
सुर्खेत । मुगुमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३ पुगेको छ।मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले अहिलेसम्म २३ जनाको मृत्यु भएको जानकारी दिनुभयो। 'बस क्षतविक्षप्त अवस्थामा छ। अहिलेसम्म २३ जनाको मृत्यु भएको खबर छ’, उहाँले भन्नुभयो। मंगलबार दिउँसो अन्दाजी साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोल...
-
वडा अध्यक्षको कुटाइबाट युवक गम्भीर घाइते
सप्तरी । रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष पिताम्बर यादवको कुटाइबाट स्थानीय २५ वर्षीय दलित युवा गम्भीर घाइते भएका छन् । महिलालाई भगाएको विषयमा बसेको ‘पञ्चायती’ मा वडा अध्यक्ष यादवले स्थानीय पुरुषोत्तम सदालाई मरन्नासन हुनेगरि कुटपिट गरेका हुन् । वडा अध्यक्ष यादवले युवकलाई पञ्चायतीमा बोलाएर निर्घात कुटपिट गरेको स्थानी...
-
मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको दोषीलाई कारबाही गर : राष्ट्रिय जनमोर्चा
काठमाडौं । राष्ट्रिय जनमोर्चाले रुपन्देहीको मोतीपुरमा प्रहरीको गोलीले सुकुम्बासी मारिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।जग्गाको विषयलाई लिएर भएको घटनामा सरकार वा राज्यका निकायले संयमता अपनाउन नसक्दा र कुशलतापूर्वक समाधान गर्न नसकेर ४ जनाको मृत्यु भएको जनमोर्चाले बताएको छ । सरकारले मृतकका परिवारल...





















