• इलाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनप्रतिनिधिको मृत्यु

    इलाम । इलाममा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जना जनप्रतिनिधिको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका मार्चेबुङस्थित दमक–रवि कच्ची सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी माङसेबुङ –४ का वडा सदस्य ३६ वर्षीय धनबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकबाट इलामतर्फ जाँदै गरेको मे ८ प ६०४ नम्बरको मो...

  • पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

    सिरहा । सिरहामा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका ३ का राजदेव ठाकुरकी ८ वर्षीय छोरी नितुकुमारी शर्माको खाल्डोमा डुबेर मृत्यु भएको हो । हराएको हाँस खोजी गर्न गएकी बालिका धेरैबेरसम्म् घर नआएपछि आमा र स्थानीयले खोजी गर्दै जाँदा नजिकै खाल्डोमा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी...

  • पाकिस्तानमा गुडिरहेको बसमाथि बम हमला, ९ जनाको मृत्यु

    एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन् । पाकिस्तानको उत्तर पश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जनाको ज्यान लिएको बताइएको छ । सो बसमा रहेका अरु ३९ जन...

  • मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको उपचार क्रममा मृत्यु

    दाङ । मोटरसाइकलले ठक्करबाट गम्भीर घाइते ५ वर्षीय बालकको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ। शान्तिनगर गाउँपालिका वडा नं.१ खिलतपुर चोक नजिकै असार २६ गते बेलुका साढे ७ बजेतिर रा ४ प १०२४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५ वर्षीय पारस लामिछाने गम्भीर घाइते भएका थिए। दुर्घटनापछि सोही मोटरसाइकलमा राखेर लामिछानेल...

  • छोरी जन्मेपछि नवजात शिशुको हत्या, आमा–बुबासहित ४ जना पक्राउ

    काठमाडौँ । नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रङ्गेली नगरपालिका-५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान् २८ वर्षीय अरुण मण्डल रहेका छन् । आइतबार राति खुस्वुले छ...

  • गैँडाको आक्रमणबाट एक महिला घाइते

    चितवन । पश्चिम चितवनका उजेलीनगरमा गैँडाको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । घाइते हुनेमा भरतपुर महानगरपालिका–१३ उजेली नगरकी ४१ वर्षीया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार स्थानीय बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न जाँदा परियारलाई गैँडाले आक्रमण गरेको हो । गैँडाको आ...

  • महोत्तरीमा नेपाली सेनाका एक सिपाहीद्धारा आत्महत्या

    महोत्तरी । महोत्तरीमा नेपाली सेनाका एक सिपाहीले आत्महत्या गरेका छन् । जलेश्वरस्थित श्रीरणभीम गण प्रकौलीमा कार्यरत सिपाही अमिर तामाङले कञ्चटमा गोली हानी आत्महत्या गरेका हुन् । रामेछाप जिल्ला लिखु गाउँपालिका–५ घर भई हाल रणभीम गण प्रकौली ‘ख’ गुल्म दरबन्दीमा रहेका पेरीमिटर पोष्टमा डिउटीमा रहेका तामाङ बुधबार बिहान मृत अव...

  • दक्षिण अफ्रिका : हिंसामा ७२ जनाको मृत्यु

    एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल परेपछि उनका समर्थकहरुले देशभर अराजकता र हिंसा मच्चाएका छन् । यसक्रममा मर्नेको संख्या ७२ पुगेको छ । सोमबार राती सोवेटोस्थित सपिङ सेन्टरमा भएको भागदौडमा मात्रै १० जनाको मृत्यु भयो । डर्बनमा भुइँ तलामा लुटपाट मच्चाएपछि आगो लगाइयो । त्यसपछि दोस्रो तलामा रहेकी ...

  • अमेरिकामा जेलबाट रिहा हुने बित्तिकै र्‍यापरको हत्या, शरीरमा ६४ गोली

    एजेन्सी । जेलबाट रिहा भएपछि अमेरिकी ¥यापरले निकै दर्दनाक मृत्यु पाएका छन् । जेल बाहिर कुरेर बसेका अपराधीले उनीमाथि गोलीको वर्षा गरेका छन् । अस्पताल पुर्याउनु अघि नै उनको मृत्यु भयो । प्रहरीका अनुसार उनको शरीरमा ६४ वटा गोली हानिएको छ । यस्तै घटनापछि प्रहरी अज्ञात हमलाकर्ताको खोजीमा जुटेको छ । स्रोतका अनुसार अमेरिकाका...

  • पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ

    धनगढी । बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका– ७ मा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ६१ वर्षीय जगदिश जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले बाल...