काठमाडौँ । रुपन्देही प्रहरीले खोला दोहनमा संलग्न दुई टिपर र चार ट्याक्टर नियन्त्रणमा लिएको छ। आइतबार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कारयालय सालझन्डी र रन्यौराबाट खटिएको टोलीले गैरकानुनी रुपमा प्राकृतिक स्रोतसाधन ओसारपसारमा संलग्न टिपर र ट्याक्टर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका टिपरमा बाग्मती प्रदेश ०३...
घटना
-
-
पाकिस्तानमा दुई रेल ठोक्किदाँ, कम्तीमा ३० जनाको मृत्यु
एजेन्सी । पाकिस्तानमा सोमबार बिहान दुई रेल ठक्कर खाँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । सिन्ध प्रान्तको डहरकी नजिकै सर सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेस एक अर्कासँग ठोक्किएका थुप्रै घाइते भएका छन् । रेडियो पाकिस्तानका अनुसार यो दुर्घटना सोमबार बिहानै घटित भएको हो र मृतकको आँकडा बढ्न सक्ने अनुमान गरिएको छ । रिपोर्टका...
-
निषेधाज्ञाको पालन गराउन डिजे बाजा रोक्न खोज्दा झडप, डिएसपिसहित सात प्रहरी घाइते
रौतहट । निषेधाज्ञाको समयमा ठूलो भीडभाड गरी डिजे बाजा बजाइरहेको सूचनाको आधारमा सम्झाई बुझाई गर्न गएको प्रहरीमाथि स्थानीयले ठूलो आक्रमण गरेको छ। आक्रमणबाट डिएसपिसहित सात प्रहरी घाइते भएका छन्। रौतहटको गरुडा नगरपालिका २ गेडहीगुठीमा आइतबार साँझ प्रहरी र स्थानीयवासीबीच ठूलो झडप भएको हो। झडपमा इलाका प्रहरी कार्यालय गरुडाक...
-
अफगानिस्तानमा बारुदी सुरुङ बिस्फोटमा परेर ११ जनाको मृत्यु
काबुल । अफगानिस्तानको उत्तरपश्चिममा एउटा यात्रुबाहक मिनिभ्यानमा सडक किनारामा राखिएको बारुदी सुरुङमा परेर बिस्फोट हुँदा भ्यानमा सवार कम्तीमा ११ जना यात्रुको ज्यान गएको छ । अधिकारीहरुका अनुसार शनिबार भएको उक्त घटनामा मारिनेहरुमा तीन जना बालबालिका समेत रहेका छन् । निकै शक्तिशाली बिस्फोटका कारण उक्त मिनिभ्यान सडकबाट खों...
-
करेन्ट लागेर एक जनाको मृत्यु
उदयपुर । चौदण्डी गढी नगरपालिका–८ बेल्टारस्थित पिडीबासमा आज बिहान बेल्टार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान ७ः३० बजेतिर विक सडकमा घुम्न निस्केका बेला सडकमा विद्युत्को काठको मक्किएको पोल ढलेको र सडकमा विश्वकर्मालाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्...
-
नाइजेरियामा बन्दुकधारीहरुको आक्रमणबाट ८८ जनाको मृत्यु
एजेन्सी । बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।डाको–वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरुबीच भिडन्त भएको प्रहरीको भनाई छ । घटनास्थलबाट प्रहरीले सु...
-
यार्सागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर एकको मृत्यु
दार्चुला । यार्सागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । नौगाड गाउँपालिका–४ का १९ वर्षीय महेशसिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो । अपी हिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएका महेशको भिरबाट लडेर शनिबार मृत्यु भएको नौगाड–४ का वडाध्यक्ष नन्दनसिंह धामीले जानकारी दिनु...
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । धादिङ, चितवन, गोरखा, रौतहट र रामेछापमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । धादिङको धुनिवेशी नगरपालिका–९ काफलचौरमा ट्रक अनियन्त्रित भएर सडकबाट खस्दा चालकको मृत्यु भएको छ । ना १ क ३७९६ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १५० ...
-
श्रीमतीलाई भारत लगेर यातना दिने श्रीमान् पक्राउ
काठमाडौँ । एक सामान्य परिवारमा जन्मेकी महिलाको लागि विवाह गरेर विदेशमा श्रीमानसँग बस्ने रहर कसो नहोला ररु डडेलधुराकी २२ वर्षिया रीता मगर(नाम परिवर्तन)कोे पनि यस्तै चाहना थियो। एक असल परिवारकी उनले विवाह पश्चात भारतको राजधानी जाने भएकी थिइन्। राजधानी दिल्लीमा बसोबास गर्दै आएको र बैतडी मूल घर भएको दिपक चन्दसँग उनको परिवा...
-
विद्यार्थीलाई यौन दुर्व्यवहार आरोपमा शिक्षक र तेक्वाण्दो प्रशिक्षक पक्राउ
मध्यपुरथिमी । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुकी १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्...




















