• सङ्क्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण, चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते

    काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालमा दाङका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना संक्रमित बिरामीको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको ला...

  • निर्माणाधिन पर्खाल भत्काएपछि दरबाङ बजार जोखिममा

    बेनी । बुधबार रातिदेखी परेको अविरल बर्षाका कारण म्याग्दी नदीमा पानिको बहाव बढेको छ । म्याग्दीमा नदीमा पानीको बहाव बढेपछि जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजार संरक्षणका लागि निर्माणाधिन अवस्थामा रहेको पक्की पर्खाल बगाएको छ । बुधबार रातिदेखि परेको अविरल बर्षाका कारण म्याग्दी नदीमा बढेको पानीको बहावले न...

  • नाबालिका बलात्कार अभियोगमा एक व्यक्ति पक्राउ

    रुपन्देही । कञ्चन गाउँपालिकामा एक नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौका छोपेर गन्धर्वले यही जेठ ११ गते द...

  • कंगोमा ज्वालामुखी विस्फोट हुँदा ३२ को मृत्यु, सयौँ बेपत्ता

    संयुक्त राष्ट्रसंघ । कंगोमा हालै भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ भने त्यहाँबाट सयौँ नागरिक बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसंघीय दाता एजेन्सीका सहायतार्कीहरुले बुधबार सो कुराको जानकारी गराएका हुन् । उनीहरुले बुधबारसम्ममा यहाँका ३२ जनाको ज्यान गएको र अरु सयौँ ज...

  • कोहलपुरमा छोराको हत्या आरोपमा बुवा पक्राउ

    काठमाडौँ । बाँकेको कोहलपुरमा छोराको हत्या आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ।कोहलपुर नगरपालिका-१२ चपरगौडीमा बुधबार राति करिब पौने १० बजे बुवाले छोराको हत्या गरेका हुन्। प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काका अनुसार अन्दाजी ५० वर्षीय ठाकुरप्रसाद ओलीलाई हत्या आरोपमा नियन्त्रणमा लिएको छ। उनले घाँटीमा धारिलो हत...

  • नाइजेरियामा डुंगा दुर्घटना : १ सय ३० भन्दा धेरै बेपत्ता

    एजेन्सी । नाइजेरियामा खचाखच यात्रु बोकेको डुंगा डुब्दा कम्तिमा एकजनाको मृत्यु भएको छ । घटनामा १ सय ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । हावाहुरीका कारण नाइजेरियाको उत्तरपश्चिम किब्बी राज्यमा डुंगा डुबेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । सेन्ट्रल स्टेट अफ नाइजरबाट नाइजर नदी हुँदै किब्बीस्थित वारा बस्तीका लागि हिँड...

  • कारभित्र ३ बालकको मृत्यु प्रकरण : ‘निसासिएर’ मृत्यु भएको प्रहरीको निष्कर्ष

    दाङ । दाङको तुलसीपुरमा कारभित्र मृतावस्थामा फेला परेका तीन बालकको मृत्यु निसासिएर भएको तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ । वैशाख १८ गते बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तीन बालक मृत अवस्थामा फ...

  • नेपाल पत्रकार महासंघका अध्यक्ष पोख्रेल सवार कार दुर्घटना

    दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल चढेको कार दुर्घटनामा परेको छ । दुर्घटनामा परी नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको छ भने अरु सकुशल रहनुभएको छ । अध्यक्ष पोख्रेलको प्रदेश ३—०१, ०२२ च ९२२६ नम्बरको निजी कारमा दाङ शाखाका अध...

  • अज्ञात रोगले घारमै मर्न थाले मौरी

    हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ जबुका गाउँमा अज्ञात रोगका कारण मौरी घारमै मर्न थालेका छन् । लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आएका कृषकको अज्ञात रोगका कारण घारमै मौरी मर्न थालेका छन् । व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका वडा नं ७ का गोइते सिंहका २० घारमध्ये पाँच घारमा अज्ञात रोगले मौरी मरेका वीरबहादुर सिहंल...

  • आठ दिनदेखि हराएका पुरुष मृत फेला

    तनहुँ । यही जेठ ३ गते साँझ ९ बजेदेखि हराइरहेका ६३ वर्षीय एक पुरुष मंगलबार मृतावस्थामा फेला परेका छन्। व्यास नगरपालिका–७ बोटेटार बस्ने नसे बोटे मृत फेला परेका हुन्। व्यास–५ स्थित फक्सिङ सामुदायिक जंगलको खोल्सीमा बोटे मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। ...