रुपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट बुटवलतर्फ आइरहेको ना ३ ख ७४०९ नम्बरको ट्रकले विपरित दिशातर्फ जाँदै गरेको लु ४७ प ७१३६ नम्बरको मोटरसाइकललाई बुटवल उपमहानगरपालिका–१२ स्थित ढवाहमा ठक्कर दिँदा कपिलवस्तुको वाणगंगा नगरपालिका...
घटना
-
-
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ७० वर्षीय पक्राउ
जुम्ला । जुम्लामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । कनकासुन्दरी गाउँपालिका-१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई प्रहरीले पक्राउ गरेको हो । बुद्धिमानले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी चौथाबा...
-
बायोग्यास कारखानामा आगलागी
झापा । मेचीनगर नगरपालिकाको वडा नम्बर १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान ३ बजेतिर सुरु भएको आगलागी साढे ८ बजेसम्म नियन्त्रणमा आएको छैन । आगो निभाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो...
-
मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु
मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर–६ डुम्रे कुनामा आइतबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीका अनुसार चट्याङ लागेर...
-
मोरङमा मकैबारीभित्र एक महिलाको शव फेला
काठमाडौं । मोरङमा एक महिलाको शव फेला परेको छ। रतुवामाई नगरपाललिका-४ स्थित एक मकैबारीमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिनुभयो। उहाँका अनुसार घटना शंकास्पद छ। आइतबार बिहान करिब ११ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको पहिचान खुलिसके...
-
कारमा मृत भेटिएका तीन बालकको शव पहिचान, गाडी मालिक र चालक पक्राउ
काठमाडौं । तुलसीपुर उपमहानगरपालिका–६ मा लक गरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन जना बालकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले दिएको जानकारी अनुसार मृतक बालकहरू तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका...
-
हिमाल सफा गर्दा १५ वर्षअघि दुर्घटनामा परेको एयर डायनेष्टीको हेलिकप्टर र दुई शव फेला
काठमाडौं । हिमाल सरसफाइ गर्ने क्रममा धौलागिरि आधार शिविर नजिक एउटा हेलिकप्टरको अवशेष भेटिएको छ । बुधबार नेपाली सेनाको टोलीले दुई वटा शव र हेलिकप्टर भेटाएको हो ।सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले हिमाल सफाइमा निस्केको सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको बताउनुभयो । नेपाली सेनाको नेतृत्वमा भइर...
-
झा दम्पतीको हत्याको आरोपमा सातजना जेल चलान
महोत्तरी । गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछयानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले सात जनालाई आज जेल चलान गरेको छ । जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका...
-
रोल्पामा चट्याङ लागेर ९ वर्षीय बालकको मृत्यु
रोल्पा । रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको सुनछहारी गाउँपालिका ७ ठूलो गाउँका आश बहादुर पुनका ९ वर्षीय छोरा आशिष पुनको चट्याङ लागेर मृत्यु भएको हो । पोषण भत्ता लिन वडा कार्यालयमा गएका बेला उनको मृत्यु भएको हो । वडा कार्यालयमा पोषण भत्ता लिन गएका उनको फर्किने क्रममा बाटोमा चट्याङ लागेर बिहीवार म...
-
कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु
काठमाडौं । कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा१६च १५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको आज बिहान मृत्यु भएको हो । बुधबार राति दुर्घटनामा गम्भीर घाइते महर्जनको उपचारका क्रममा नेपाल नेशनल अस्पता...












