सल्यान । परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा नं २ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन् । छत्रेश्वरी-१ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० मा अध्ययनरत सार्कीको आज बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटामै सल्ली कुसुममा चिप्लिए...
घटना
-
-
डोटीको तेछडामा महिलाको मृत्युपछि गाउँ सिल
डोटी । जिल्लाको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट काम गरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको हो । वडाअध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित गरी सो गाउँको पूर्व तीर...
-
८ वर्षीया बालिका जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
काठमाडौं । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने तनहुँ, दमौली नगरपालिका-१४ घर भएका ६३ वर्षीय कमल थापालाई प्रहरीले पक्राउ गरेको हो । थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानक...
-
सुर्खेतमा सेनाको ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु
सुर्खेत । सुर्खेतमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। वीरेन्द्रनगर-१२ स्थित नेपाली सेनाको हवाई अड्डानजिकै ब १ ग ३४८९ नम्बरको ट्रकले महिलालाई ठक्कर दिएको हो। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर-१२ की ५० वर्षीया मनिकला सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले ...
-
कृत्रिमतालमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौँडा–१३ मा निर्माणाधीन पुलको खाल्डोमा डुबेर बेपत्ता भएका एक जनाको शव सोमबार राति फेला परेको छ । ज्यान गुमाउनेमा सिन्धुपाल्चोक मेलम्ची घर भई हाल हेटौँडा–१२ बस्ने २६ वर्षीय दिनेश दङ्गाल रहेको प्रहरीले जनाएको छ । उनी दिउँसोदेखि पुल निर्माणका लागि निर्माण सामग्री निकाल्दा बनेको कृत्रिमतालमा पौडी...
-
पत्रकार मेहताको ६७ वर्षको उमेरमा निधन
सप्तरी । सरल र स्वाभिमानी छवि बनाएका सप्तरीका पत्रकार उपेन्द्रनारायण मेहताको ६७ वर्षको उमेरमा सोमबार निधन भएको छ । आइतबार राति एक पटक पखाला लागेर अस्वस्थ रहेका पत्रकार मेहता बिहान नुहाएर नास्ता खाई सुतेको अवस्थामा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । राजविराज नगरपालिका–९ मलेठ निवासी मेहताका श्रीमती, तीन छोरी र ए...
-
खैरेको हत्यारालाई कारबाही माग
धुलिखेल । खैरेलाई हिर्काएर मारेका विरोधमा दोषीमाथि कानूनी कारवाहीको माग गरिएको छ । धुलिखेल नगरपालिका–४ स्थित २८ किलो भन्ने स्थानमा दुई युवाले गत चैत १८ गते खैरे नामको कुकुरलाई मारेका थिए । रेस्क्यु एनिमल नेपालले हत्यामा संलग्न युवालाई तत्काल पक्राउ गर्न अनुरोध गरे पनि प्रहरीले आलटाल गरेको संस्थाका पदाधिकारी सिर्जना ...
-
स्काभेटर पुरिँदा चालकको मृत्यु
रुकुमपूर्व। भूमे गाउँपालिका–८ सिमखोला ९पूर्साबाङ०मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिराले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ । आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख शविन शाहले ज...
-
आमाको हत्या अभियोगमा छोरा पक्राउ
कपिलवस्तु । कपिलवस्तु प्रहरीले एक वर्ष अघि आमाको हत्या गरेर फरार भएका छोरालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७६ साल कार्तिक १६ गते बिहान कपिलवस्तु नगरपालिका-८ दोहनीका २८ वर्षीय सुरेन्द्र कुर्मीले आफ्नी ५५ वर्षीय आमा फुलमतीलाई घरायसी विवादका क्रममा हत्या गरेका थिए । आमाको हत्या विर...
-
कोरोनाका संक्रमणबाट बागमती प्रदेशमा एकैदिन ९ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा एकैदिन कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश अन्तर्गतका १३ जिल्लामध्ये काठमाडौंमात्र कोरोना संक्रमणका कारण आइतबार एकैदिन ४ जनाको मृत्यु भएको छ । ...












