• रामेछापमा बस दुर्घटना, ६ जनाको मृत्यु

    काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले दुर्घटनामा थुप्रै हताहत भएको सूचना आएको जानकारी दिए । उनले...

  • दिल्लीमा ४० विद्यार्थी सवार बस खोँचमा खस्यो, १६ जनाको मृत्यु

    एजेन्सी । भारतको हिमाञ्चल प्रदेशको कुल्लुमा एउटा बस खोँचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् । कुल्लुका डेपुटी कमिसनर आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताउनुभयो । बसभित्र कम्तीमा ४० ...

  • पहिरोमा परी ३ जनाको मृत्यु

    पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो । पहिरो गएको स्थानमा खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्या...

  • च्याउ खाँदा बुटवलमा १९ जना बिरामी

    बुटवल । जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन् । उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन् । बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले नयाँ गाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर...

  • इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

    सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा नगरपालिका–४ का यामबहादुर परियार वडा नम्बर १० मा इनार सफा गर्न गएका थिए। उनी मंगलबार बिहान ८ बजेतिर इनारम...

  • बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले

    ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटपिट गरेका हुन्। घिसिङ कुसुन्तीमा बस्नुहुन्छ । पुल्चोकस्थित प्रतिष्ठानमा काम गर...

  • रोपाइँ गर्ने क्रममा चट्याङ लागेर किसानको मृत्यु

    धनगढी । कैलालीमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका-५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो। मंगलबार बिहान गोदावरी नगरपालिका–३ मालाखेतीमा रेडियन्ट ग्यास कम्पनी नजिक रोपाइँ गर्न गएका थिए । सोही क्रममा उनको चट्याङ लागेर मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी ना...

  • गुडिरहेको ट्रकमा आगलागी

    जनकपुरधाम । सप्तरीमा गुडिरहेको एक मालबाहक ट्रकमा एक्कासी आगलागी भएको छ । आगलागीले ट्रकको अगाडिको भाग जलेर पूर्ण रुपमा क्षति भएको छ । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित धकंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.६ख ५२६३ नम्बरको ट्रकमा आगलागी भएको प्रहरी...

  • विराटनगरका बस्तीमा पस्यो सिंघिया खोला

    विराटनगर । अबिरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नं। ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बिस्थापितहरूलाई सुरक्ष...

  • कन्काईको बाढीले झापाका एक सय घर डुबानमा

    झापा । गए रातिदेखि परेको वर्षाका कारण झापाको कनकाई नदीमा पानीको बहाव बढेको छ । कन्काईको बाढीले करिब एक सय घर डुवानमा परेका छन् । कन्काईको एक भंगालो बस्ती पसेको छ। इलाका प्रहरी कार्यालय शिवगञ्ज पूर्वको बस्ती डुवानमा परेको हो । उनीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी छ । मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीमा...