इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार भेरीगंगा नगरपालिका–४ का यामबहादुर परियार वडा नम्बर १० मा इनार सफा गर्न गएका थिए। उनी मंगलबार बिहान ८ बजेतिर इनारमा डुबेका हुन्। उद्धारका लागि सुरक्षाकर्मीको टोली पुग्दा उनको मृत्यु भइसकेको थियो । ११ बजेतिर उनलाई इनारबाट मृत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार