काठमाडौं । नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत माघ ११ गते ताहाचाल बस्दै आएका एक व्यक्तिलाई १ किलो नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । सो आधारमा महानगरीय अपराध महाशाखाले गरेको अनुसन्धानपछि ६ जनालाई पक्राउ गरेको हो ...
घटना
-
-
मोरङमा पिसाब गर्न गएकी १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
विराटनगर । मोरङमा पिसाब गर्न घरबाट निस्कएकी बालिका सामूहिक बलात्कारमा परेकी छन् । मोरङको जहदा गाँउपालिका– १ कि १४ वर्षीया बालिकाको सोमबार राति ९ बजे सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । पिसाब गर्न निस्किएकी बालिका नफर्किएपछि अभिभावकले खोजी गर्दा दुई जनाले जबर्जस्ती मोटरसाइकलमा राखेर लगेको खुलेको थियो । गाउँमा ह...
-
इन्टरनेटको गलत प्रयोगः बालबालिका यौन शोषणमा पर्दै
–सुशील दर्नाल काठमाडौं । पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको छ । सन् २०२० मा सो संस्थाले नेपालको सातै प...
-
हृदयाघातका कारण पूर्वसांसद जोशीको निधन
महेन्द्रनगर । पूर्वसांसद गङ्गादत्त जोशीको बुधबार बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । केही दिनअघि आँखाको शल्यक्रिया गरेका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको बुधबार बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको हो । “नातिनीको स्कुटरमा चढेर गेटा ...
-
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
पाल्पा । आफ्नै ३४ वर्षीया श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा पाल्पाको जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ । रामबहादुर आफैँले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा घरायसी झगडाको कारण श्रीमतीको हत्या गरेको भनी प्रहरी चौकी वारिबेनीमा जानकारी गरापछि प्रहरीले उनल...
-
जाजरकोटमा माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु
जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ । शिवालय गाउँपालिका-९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । छेडा-कचाली सडकखण्डमा तारजालीको पर्खाल लगाउन जग खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर बुढाको ज्यान गएको जाजरकोटका प्रहरी नायब उपरीक्षक ...
-
सुनसरीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
काठमाडौं । सुनसरीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार राति बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जार चोकमा प्रदेश १, ०२, ०४३ प ८८ २७ नम्बरको मोटरसाइकलले स्थानीय ३९ वर्षीय महेन्द्र साहलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका साहको धरानको घोपामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जना...
-
गोली हानेर छोरीको हत्या गर्ने बुवा पक्राउ
बैतडी । छोरीलाई गोली प्रहार गरी हत्या गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बैतडीको पुरचौर्डी नगरपालिका-१० विजयपुरका ५२ वर्षीय धनबहादुर महराले गत शनिबार २० वर्षीया छोरी बेलमतीलाई गोली प्रहार गरी भागेका थिए । भरुवा बन्दुकसँगै भागेका उनले आफ्नो घरको छानोमासमेत शनिबार राति आगजनी गरेका थिए । घटना भएकै दिनबाट प्रह...
-
कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
धनगढी । कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। सोमबार साँझ पुनर्वास नगरपालिका-२ अरनिको बस्तीको कच्ची सडकमा सोही ठाउँका २० वर्षीय सन्जे सुनारले चलाएको से ४ प ५५४६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ५२ वर्षीया पोदे जोङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा गएराति न...
-
बसले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु
बुटवल । रुपन्देहीको तिलोत्तमामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुटवल–भैरहवा सडकको ड्राइभरटोल नजिकै नम्बर नखुलेको बसले लु ३० प ८५६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पुजा गहतराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । स्कुटरलाई ठक्कर दिएर बस भागेको बताइएको छ । प्रहरीले...









